var adfly_advert = 'banner';

भारतविरुद्ध युद्धका लागि पाकिस्तानको तयारी, कराजी र लाहोरको एअरस्पेस १३ दिन बन्द गरिने

इस्लामाबाद-भारतसँगको विवाद उत्कर्षमा पुगेका बेला पाकिस्तानले १३ दिनसम्म कराजी र लाहोरको एअरस्पेस बन्द गर्न लागेको छ।

दुवै एअरस्पेस ८ अक्टोबरदेखि दुई हप्ताकालागि बन्द गर्न लागिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको नागरिक उड्यानका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार दुवै एअरस्पेस अपरेशनल कारणले बन्द गर्न लागिएको हो।

रक्षा र नागरिक उड्यानका अधिकारीहरुले पाकिस्तानी वायु सेनाले दुवै एअरस्पेसको प्रयोग युद्धभ्यासलागि गर्न बताएका छन्। सोही कारण दुवै एअरस्पेसमा व्यापारिक उडान दुई हप्ताकालागि बन्द गरिएको हो।

सेनाको अभ्यास सामान्य भएपनि दुई हप्तासम्म एअरस्पेस बन्द गरेर सैनिक अभ्यास गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पाकिस्तानी इतिहासमा दुई हप्तासम्म कुनै पनि एअरस्पेस बन्द गरिएको छैन।

यसैबीच भारतीय सेनाका अधिकारीले सो सम्बन्धी जानकारी प्राप्त गर्न लगातार कोसिस गरिरहेको जनाएको छ। एजेन्सी
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment