var adfly_advert = 'banner';

पूर्व राजालाई एमाले अध्यक्ष ओलीको जवाफ–म भल छोप्न चाहन्न



असोज २२ – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अब राजतन्त्र नफर्किने बताउनुभएको छ ।

आफ्नै निवास भक्तपुरको बोलकोटमा शनिबार बिहान पत्रकारसँग दसैँको अवसरमा शुभकामना आदान प्रदान गर्न गरिएको कार्यक्रममा अध्यक्ष ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार दसैँको शुभकामना दिँदै देशको गरेको संकेत तर्फ जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

अहिले दसैँको माहोल लागेकाले आफूले कसले के भन्यो र त्यसको पक्ष विपक्षमा नबोल्ने बताउँदै उहाँले देशको राजनीति अवस्था कुनै पनि हालतमा पछि नर्फकने भन्नुभयो । पूर्व राज शाहले शुक्रबार दसैँको शुभकामना सन्देश दिँदै देशको रानीतिक अवस्थाका बारेमा विभिन्न प्रश्न गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले भने दसैँलाई भल छोप्ने मौकाको रुपमा प्रयोग गर्न नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘म यसलाई भल छोप्ने अवसरको रुपमा प्रयोग गर्न चाहन्न ।’ राजनीति दलबिच आआफ्नै अडान रहेपनि राजनीतिक प्रक्रिया अघि बढ्ने उहाँको भनाई छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment