var adfly_advert = 'banner';

दशैको मुखमा अर्को दुर्घटना: नवलपरासीमा बस र माइक्रो ठोक्किदा २१ जना घाइते -

कावासोती, २१ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहामा आज बिहान ६ः१५ बजे एउटा बस र हाइस गाडी जुध्दा १० जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो

बुटवलबाट काठमाडौँतर्फ गुडिरहेको ना ६ ख ८८७ नंको बस र काठमाडौँबाट बुटवलतर्फ गुडिरहेको बा २ ख २०४१ नंको हाइस गाडी एकआपसमा जुध्दा १० जना घाइते भएका छन् । हाइसका गाडी चालकको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको नाम ठेगाना खुल्न सकेको छैन ।

घाइतेमध्ये पाँचजनाको दलदलेस्थित देवचुली अस्पतालमा उपचार भइरहेको छ । तीनजना गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घाइतेमा हाइसका यात्रु बढी रहेका छन् ।

उनीहरुको टाउको र छातीमा बढी चोट रहेको अस्पतालले जनाएको छ । घाइतेमा अर्घाखाँचीका कृष्ण रायमाझी र सोही ठाउँका अङ्कित पन्थीको नाम खुलेको छ भने अन्यको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment