![]() |
फाइल तस्बिर
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बडादसैँ, २०७३ का उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका एक सय चार कैदीलाई माफी दिएकी छिन् ।
कारागार नियमावली, २०२० एवम् सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यावधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका कैदीले माफी पाएका हुन् ।
राष्ट्रपतिले भुक्तान हुन बाँकी कैदीको सजाय नेपालको संविधानको धारा दुई सय ७६ बमोजिम माफी दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
![]() |

0 comments:
Post a Comment