![]() |
गुल्मी, २१ असोज – नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर दुईका सभासद चन्द्र भण्डारी यसपटक फरक ढंगले दशै मनाउदै छन् । गुल्मीका खोला तथा नदी किनारमा बस्दै आएका माझी समुदायसँग उनले यसपालीको दशैंको सुसीयाली साट्ने छन् ।
बलिथुमलाई मुख्य थलो बनाएर बसेका सिमान्तकृत माझी समुदायसँग उनले दशैं मनाउन लागेका हुन् । ७३ घरपरिवार माझीसँग यसपालीको दशैं मनाउनको लागि शुक्रवार काठमाडौंबाट गुल्मी पुगेका छन् ।
‘७३ परिवारमा तीन सय ७३ माझीहरू छन्, यसपालीको दशैं उनीहरूसँगै मनाउँछु,’ उनले लोकान्तरसंग भने, ‘राजनीति भनेको अभिभावकत्व पनि त हो नि ।’
गुल्मीको हुँगा गाविसका स्थायी बासिन्दा भण्डारीले यसपालि आफू घर नजाने र माझी समुदायसँगै बसेर दशैं मनाउने बताए । ‘मेरा बाबु आमाका अरू छोरा छोरी पनि छन्, तर उनीहरूका कोही छैनन्,’ उनले भने, ‘त्यसैले उनीहरूसँगै दशैं मनाउँछु ।’
उनले माझी गाउँमै बसेर टिको टालो गर्ने, दक्षिणा दिने, खानपिन गराउने कार्यक्रम रहेको बताए । दशैंको दिन सहित पूर्णिमासम्म नै उनीहरुसँगै बस्ने उनले बताए । उनले उक्त समुदायमा विगत देखि नै सहकार्य गरिरहेका छन् ।
उनले आफ्नो तलबबाट उक्त गाउँका स्कूले विद्यार्थीलाई कापी, कलम र पोशाक लगायतका सामग्री उपलब्ध गराउँछन् । त्यस्तै सोही गाउँमा माझीहरुकै लागि भनेर खोलिएको विद्यालयम पनि उनले विभिन्न सामग्रीहरू उपलब्ध गराउँदै आएका छन् ।
‘माझी गाउँ मेरो अर्को घर हो,’ उनले भने, ‘माझी गाउँमा सधैँ केही नयाँ गर्ने सोँचीरहेको हुन्छु ।’ सांसद भण्डारीले पाउदै आएको तलबबाट विपन्न्का छोराछोरीको शिक्षाका लागि खर्च गरेको छन् ।
![]() |

0 comments:
Post a Comment