var adfly_advert = 'banner';

सीमा क्षेत्रमा भारतीयबाट ठगिदै घर फर्किने नेपाली, प्रहरीदेखि रिक्सावालासम्म ठगिमा सक्रिय

असोज - दसैँ मनाउन घर फर्किएका नेपाली सीमा क्षेत्रमा भारतीय प्रहरीबाट ठगिएका छन्।

भारतमा काम गरेर फर्किएका नेपालीलाई भारतीय प्रहरी, रिक्सा, टाँगा तथा दलालले विभिन्न बहानामा मोटो रकम असुल्छन्। दसैँ सुरु भएयता रुपैडिया नेपालगन्ज नाकाबाट दैनिक सयाँैको संख्यामा नेपाली आउने क्रम जारी छ।

भारतीय प्रहरीले सुरक्षा जाँचका नाममा ठाउँठाउँमा बस रोकेर नेपालीबाट पैसा माग्ने बुधबार बिहान दिल्लीबाट नेपालगन्ज आइपुगेका दाङ, तुलसीपुरका राजेन्द्र केसीले बताए। लखनउदेखि रुपैडियाबीचका विभिन्न ठाउँमा भारतीय प्रहरीले बस रोकेर प्रत्यक्ष नेपाली यात्रुबाट सयदेखि दुई सय भारुसम्म असुल्ने गरेको उनले सुनाए। आजको नागरिक दैनिकमा खबर छ। -
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment