var adfly_advert = 'banner';

खुकुरी प्रहारवाट घाइते दम्पतीको अवस्था गम्भिर



पाँचथरको एकतिन गाँउ विकास समिति वडा नम्वर २ का प्रकाश आङथोपुले धारिलो खुकुरी प्रहार गर्दा स्थानीय भरत आङथोपु र उनकी श्रीमती सरस्वती आङथोपु गम्भिर घाइते भएका छन ।


आफ्नी बहिनीको सिक्री चोरी गरेको भन्दै प्रकाशले ती दम्पती माथि बिहिवार साँझ साढे आठ वजे खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शरिरका यत्रतत्र भागमा गम्भिर चोट लागेका उनीहरुलाई पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापाको वि एण्ड सि अस्पतालमा पठाइएको वताइएको छ । प्रकाशलाई भने पक्राउ गरी अनुसन्धान शुरु गरिएको पाँचथरका प्रहरी प्रमूख (डिएसपी) नकुल पोखरेलले जानकारी दिए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment