![]() |
दाहालको नेतृत्वमा सरकार गठन भएपछि प्रधानमन्त्री दाहाल र ओलबीच सिंहदरबारमा एक पटक मात्र औपचारिक भेटघाटबाहेक दोस्रो भेटघाट हुन सकेको छैन।
संविधान कार्यान्वयन, स्थानीय तहको पुनसंरचना, संविधान संशोधनलगायतका मुद्धामा छलफल गर्न प्रधानमन्त्री दाहालले तीन दलको पनि ओलीले अस्वीकार गर्दे आएका छन्।
राजधानी काठमाडौंमा रहेर पनि ओलीले तीन दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्षहरु वामदेब गौतम र भिम रावललाई पठाउने गरेका छन्।
दुई महिनाको अवधिमा प्रधानमन्त्री दाहालले पटक पटक तीन दलको बैठकमा बोलाए पनि ओली सहभागि भएका छैनन् । तीन दलको बैठकमा अध्यक्ष ओलीको खोजी हुने गरेपनि एमालेका नेताहरुले अध्यक्षलाई सन्चो नभएको कारण आउन नसक्ने जबाफ दिँदै आएको दाहालको सचिवालयले जनाएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।
![]() |

0 comments:
Post a Comment