var adfly_advert = 'banner';

दशैंमा खसी वा मासु किन्दा यि कुरामा ध्यान दिनुस्



काठमाडौं । दशैंका लागि खसी किन्दै हुनहुन्छ ? वा मासु पसलहरुबाट मासु नै किन्ने सोच बनाउँदै हुनहुन्छ । विज्ञहरुले खसी वा मासु किन्दा त्यसको स्वास्थ्य र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरेका छन् । अस्वस्थ पशुपंक्षी र गुणस्तरहीन मासुका कारण मानिसमा पशुपंक्षीजन्य रोग लाग्ने भएकाले सचेत हनुपर्ने भेटेरेनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर बोधनाथ अधिकारीले बताए । मासुको उपभोगबाट पशुपंक्षीजन्य पदार्थबाट सर्ने रोगहरु नसरोस् भन्नका लागि काठमाण्डुका विभिन्न खसीबजार र मासु पसलमा पशु चिकित्सक र प्राविधिकहरुको टोली खटाईएको उनले बताए । जिउँदो खसीबोका किन्दा रुघाखोकी नलागेको, घाँसपानी खाईरहेको, पखाला नलागेको, फूर्तिलो देखिने छान्न अधिकारीको सुझाव छ ।

पशुपंक्षीबाट टिबी, ब्रुसलोसिस, एन्थ्राक्स, बर्डफ्लू जस्ता रोग मानिसमा सर्ने जोखिम हुन्छ । जिउँदो अवस्थामा रोग पत्ता नलागे पनि काटिसकेपछि ध्यान नदिंदा सामान्य जिवाणु र विषाणुले पनि आक्रमण गर्ने भएकाले मासु काट्दा सरसफाई कायम गर्न र मासुको परिक्षण गर्नुपर्नेमा डाक्टर अधिकारीले जोड दिएका छन् ।-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment