var adfly_advert = 'banner';

‘कुनैपनी धर्मले भन्दैन– पशुबली दिए धर्म हुन्छ’ : (सबैले पुरा पढी शेयर गर्नुहोस)



पोखरा, १७ असोज- विश्व अहिंसा दिवसका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानले आयोजना गरेको पशुवलीप्रथा न्युनिकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा पशुवलीप्रथा विरुद्धको अभियान तथा आध्यात्मिक तथा मानसिक परामर्श विरुद्धको अभियानका सदस्यहरु विभिन्न आध्यात्मिक तथा धार्मीक संप्रदायका प्रतिनिधी, अधिकारकर्मी, नागरीकसमाज, संचारकर्मी लगायत आमा समुह टोलविकास संस्था तथा विविध संघसंस्थाको प्रतिनिधीत्व रहेको छ । कार्यक्रमका सहभागिहरुले आफुहरुले पनी मठ मन्दिर तथा शक्तिपिठहरुमा पशुवध नगर्ने र अरुले गरेको देखेमा समेत चुप लागेर नवस्ने सचेतनका लागि जागृत हुने प्रतिवद्धता जाहेर गरेका छन् ।

त्यस्तैगरि विभिन्न शक्तिपिठ तथा मठ मन्दिरहरुमा नवदुर्गाको अवसरमा सरसफाई तथा पशुवली अत्यका लागि सचेतनामुलक व्यानर टास्ने समेत निर्णय भएको छ भने सामाजिक जागरणका लागि नारी अभियानको टोली मनकामना मन्दिरमा समेत सचेतनामुलक कार्यक्रम लिएर पुग्ने भएको छ ।

कार्यक्रममा वोल्दै भागवत् भाष्कर युवापंण्डीत कमलनयन गौतमले कुनैपनी धर्म संस्कार र धार्मीक ग्रन्थहरुमा पशुवध गरे पुन्य हुने वा धर्म हुने कुरा नलीएको भन्दै पशुवलीप्रथा अत्य गर्नुपर्ने आवश्यकता औल्याए ।
त्यस्तै गरि आध्यात्मिक तथा मानसिक परामर्श अभियानका संयोजक तथा सहक्षेत्रिय प्रशासक दिवाकर वास्तोलाले मठ मन्दिरमा मात्र होइन घरघरमा समेत पशुवध गर्ने संस्कारलाई त्यागी शात्वीक जिवनशैली अपनाउनुपर्ने आवश्यकता औल्याए ।

त्यस्तै अधिकारकर्मी तथा युवा चिन्तक माधव पहारीले आफुभित्रका काम,क्रोध, लोभ, मोह र अहंकार जन्य आफुभित्रको पशुलाई वध गर्न छोडेर निर्देश प्राणीको हत्या गर्नु कुनैपनी आधारमा धर्म र विद्यातन्त्र हुन नसक्नेमा जोड दिए । त्यस्तैगरि संचारकर्मी दिपेन्द्रश्रेष्ठले यस्ता अभियानहरुकको प्रचारप्रसारमा पत्रकार तथा संचारमाध्यमहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने वताउदै गौतमवुद्ध जन्मेको देशलाई अहिंसामय वनाउन सवै एकजुट हुनुपर्नेमा जोड दिए ।

त्यस्तै मानव मिलन नारी जागरणका अध्यक्ष पार्वती पौडेलले विगतदेखी विभिन्न संघसंस्थाले गर्दै आएको अभियान सामाजिक जागरणले निरन्तरता दिएकोमा खुसी व्यक्त गरिन् । सामाजिक जागरणका लागि नारी अभियानका संयोजक तथा पशुवलीप्रथा विरुद्ध अभियानका संयोजक सुष्मा पौडेलले सामाजिक जागरण समाजमा रहेका कुरीति र कुसंस्कार विरुद्ध अभियान चलाउदै सुसव्य समाज निर्माणमा लागि गरेको र सोही अनुरुप पशुवलीप्रथाको अभियान सुरु गरिएको वताइन् ।

कार्यक्रम संयोजक सरिता घिमीरेले कार्यक्रममा सहभागि सवैलाई स्वागत गर्दै मठ मन्दिरमा सवैले सरसफाई गर्न अनुरोध गरिन् । कार्यक्रममा शन्तु पराजुलीले पशुवलीप्रथा अत्य सम्वन्धी सचेतना जागृत गर्ने भजन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सदस्य कमलादेवी गिरीले गरेकी थिइन्
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment