var adfly_advert = 'banner';

यी हुन् खुट्टाले विमान उडाउने महिला (फोटो फिचर)

एजेन्सी । उनी भन्छिन्, ‘उड्नको लागि पंखाको आवश्यकता होइन, हौसलाको आवश्यकता चाहिन्छ र उडान भर्न यही हौसलाले मद्दत गर्छ।’ जन्मिँदै दुवै हात नभएकी ‘जेसिका कोक्स’ यसको उदाहरीण महिला हुन् जसले हात होइन खुट्टैले मानिसको दैनिक जीवनमा आइपर्ने कामहरु सजिलै गर्न सक्छन् । त्यतिमात्रै नभएर उनले आकाशमा समेत उड्न सक्षम छिन्। उनलाई यी सबै काम गर्न केही गर्न आट र साहासले नै सम्भव बनाइदिएको हो । साइकोलोजीमा ग्र्याजुएट गरेकी जेसिकाले सामान्य व्यक्तिले गर्न नसक्ने काम पनि सजिलै गर्न सक्छिन् । उनी सजिलै लेख्‍न सक्छिन्, कार चलाउन सक्छिन् । टाइप गर्न सक्छिन्, फोनमा कुरा गर्न सक्छिन्।अमेरिकाको अरिजोनामा सन् १९८३मा जेसिका जिन्मिएकी हुन् । उनी कोक्स डान्सर हुन भने तेक्वान्दोमा ब्ल्याक बेल्ट गरेकी छन्।उनी कम्प्युटरमा २५ शब्द प्रतिमिनेट टाइप गर्न सक्छिन्। उनीसँग नो रेस्ट्रिक्सन लाइसेन्स पनि छ । यसका साथै उनी नै हात नभएको पहिलो महिला पाइलट हुन्। जसले अत्यन्तै सजिलो तरिकाबाट विमान उडाउँछिन् । जेसिकाले उडाउने विमानको नाम हो एरकूप। तर खास कुरा के छ भने विमान उडान सामान्य मानिसलाई ६ महिना लाग्‍छ भने जेसिकाले तीन वर्षको तालिम लिएर विमान उडाउन सफल भएकी हुन् । जसबाट उनले ८९ घण्टा विमान उडाउन सक्ने अनुभव समेत लिएकी छिन् । त्यही भएर उनीमाथि डकुमेन्ट्री नै बनाइएको छ जसको नाम राइट फुटेड राखिएको छ। जसलाई एमी अवर्ड विनरले निर्देशन गरेका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment