var adfly_advert = 'banner';

डिलिट भएको डाटा यसरी फिर्ता ल्याउनुस्



तपाईंको मोबाइल या कम्प्यूटरको अतिआवश्यक डाटा डिलिट भयो भने अब चिन्ता नलिनुस्। तपाईँको डिलिट भएको डाटा पुन: फिर्ता हुन सक्छ।





गुमेको डाटा फिर्ता ल्याउने तरिका:



१. सर्वप्रथम आफ्नो कम्प्युटरमा इन्टरनेटबाट तपाईँले रेकुभा (Recuva) सफ्टवेयर डाउनलोड गर्नुस्।यसलाई इन्स्टल गर्ने बेला भने ध्यान दिनुस किनकी यसले तपाईँको कम्प्युटरलाई स्लो बनाउन सक्छ।



२. यसको दुई भर्सन छ, एउटा निशुल्क उपलब्ध हुन्छ भने अर्को तपाईँले इन्टरनेटमा कम्तिमा २४ डलरमा किन्न समेत सक्नुहुनेछ। कुनै बेला भने तपाईँले फ्रीमा पनि काममा ल्याउन हुन सक्नुहुन्छ । फ्री मा डाउनलोड गरेको भन्दा किन्नु भएको सफ्टवेयर शतप्रतिशत भरपर्दो हुन्छ।



३. रेकुभालाई खोल्नुहोस, यहाँ तपाईको धेरै अप्शन पाउनुहुन्छ। फोटो, भिडियो, म्यूजिक र फाइलमध्ये जुन डिलिट भएको छ त्यही अप्शन छान्नुहोस्..



४. यदि तपाईँलाई डिलिट भएको फाइलको नाम थाहा छैन भने अल फाइलमा सेलेक्ट गर्नुस्।



५. यसपछि डिस्कमा सेलेक्ट गर्नुस्.., अर्थात इन स्पेसिफिक लोकेशन (In a specific location) मा मेमोरी कार्ड सेलेक्ट गर्नूस।



त्यसपछि तपाईँले नेक्स्ट गर्नेबित्तिकै स्क्यान सुरु हुनेछ। यसपछि तपाईँले गुमाउनु भएको डाटा क्रमश… फिर्ता हुँदै जान्छ।



तपाईँले यही तरिकाबाट कम्प्युटरमा डिलिट भएको फाइल पनि रिकभर गर्न सक्नुहुनेछ।-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment