![]() |
नेपाली समाजमा उखान छ, ‘बोल्न पाइयो प्याच्च नबोल्नु, बस्न पाइयो भन्दैमा
बुझ्नेका लागि यो उद्दरणमा गहिरो मर्म छ । यी दुई चिजको पालना गर्ने हो भने मानिस आफ्नै कारणले कमै समस्यामा पर्छ । यस्तै भएको छ, एमाले नेता एवं पूर्वमन्त्री अग्नि खरेललाई । केही दिनअघि एउटा जमघटमा ‘बढी जान्ने भएर जिब्रो चलाउँदा’ खरेल लाजले भुतुक्कै पुनुपरेको छ ।
प्रसंग हो, प्रधानमन्त्री निवास बालुवाटारको । झापाको एउटा सर्वपक्षीय डेलिगेसन टोली विकासे योजना बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेको थियो । माओवादी केन्द्रका नेता रेवतबहादुर पुरीको नेतृत्वमा आएको टोलीमा झापा गृहजिल्ला भएका नाताले खरेल पनि थिए । खास गरी टोली झापाको दमकदेखि इलामको चिसापानी पाँचथरको रबी, ताप्लेजुङ हुँदै चीनसँग समेत जोडिने मोटरबाटो निर्माणको कामलाई तीव्रता दिनुपर्ने माग लिएर काठमाण्डु आएको थियो ।
प्रधानमन्त्रीसँग छलफल सुरु भयो । मागपत्र पेश भयो । प्रधानमन्त्रीले ‘सकेको गर्ने’ बचन पनि दिए । जब प्रधानमन्त्रीले विकासका लागि पैसाको जोहो गरिदिने प्रतिबद्धता जनाए, तब खरेल प्वाक्कै बोले । ‘हामी पूर्वका मानिसहरु सोझा हुन्छौं, आश्वासन उधारो नहोस् ।’ खरेलको बोली के भुइँमा झरेको थियो । झापाली काँग्रेस नेता एवं सामान्य प्रशासनमन्त्री केशबकुमार बुढाथोकीलाई ज्वरो आयो । बुढाथोकीले खरेललाई घत्रक्कै हुने गरी दिए । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बुढाथोकीले पूर्वेलीहरु धेरै सोझो भएको खरेलकै अभिव्यक्ति दोहो¥याए । तर, उनले दायाँ हालको चोरी औंला बंग्याएका थिए ।
‘बाँगो औंला प्रधानमन्त्रीतिर देखाउँदै बुढाथोकीले भने, ‘हामी पूर्वेली यी यस्ता सोझा हुन्छौं हजुर ।’ अग्निले आफूलाई सोझो बताएर ‘धेरै चलाख’ भएको सन्देश दिन खोजेका थिए । पाका नेता मन्त्री बुढाथोकीले ‘दनक’ दिएपछि खरेल रातोपिरो भयो भने सहभागीहरु तीन मिनेटजति पेट मिचीमिची हाँसे । सबैभन्दा धेरै कुम हल्लाई हल्लाई खित्का छोडेर हाँस्नेमा प्रधानमन्त्री प्रचण्ड नै थिए । खरेल भने न रुन सके न हाँस्न सके । लाजले रातोपिरो भए । मन्त्री बुढाथोकीले खरेलले प्रधानमन्त्रीप्रति अपमानपूर्ण व्यवहार गरेको बुढाथोकीले बताए ।
राष्ट्रिय पञ्चायतमै जनपक्षीय उम्मेदवार भएर दुईपटक माननीय भएका बुढाथोकीलाई झापालीबीच ‘सेतो बाघ’ का नामले चिनिन्छ । गोरो बर्णको, खाइलाग्दो जिउडाल र हक्की स्वभावका कारण बुढाथोकीको ‘टाइटल’ ‘सेतो बाघ’ रहन गएको हो । बुढाथोकी झापा–७ बाट नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् । अघिल्लो संविधानसभा निर्वाचनमा समेत उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कम्युनिष्ट गढ मानिने झापाबाट पटकपटक चुनाव जित्नुमा ‘सेतो बाघ’ को ‘लागेको कुरा बोल्ने’ बानीले धेरै सहयोग गरेको हो ।
किन सोझा होइनन् मन्त्री खरेल ?
एमालेभित्र खरेल चतुर खेलाडी मानिन्छन् । धेरै वरिष्ठ, पार्टीमा दुःख गरेका, हण्डरठक्कर खाएका, जेलनेल भोगेका, भूमिगत राजनीति गरेका धेरै नेतालाई पछि पार्दै मनग्गे अवसर लुटेका नेता हुन् खरेल । अघिल्लो संविधानसभामा सदस्य रहेकालाई दोश्रोमा नदोहो¥याउने एमालेको संस्थागत निर्णय थियो । तर, खरेल बठ्याईँपूर्वक मन्त्रिपरिषदको सिफारिसमा एमाले कोटाबाट सांसद् भइछाडे ।
त्यतिमात्र होइन, खरेलकै लागि केपी ओलीले प्रमुख सचेतक पद खाली राखे । खरेललाई राष्ट्रपतिले मनोनित गरेपछि उनै प्रमुख सचेतक भए । प्रमुख सचेतक खाइरहेकै बेला केपी ओली प्रधानमन्त्री भए । खरेल ओली सरकारमा कानूनमन्त्री बने । खरेललाई योगदानबिनै अनावश्यक ‘स्पेश दिएको’ भन्दै एमालेमा अध्यक्ष ओलीको चर्को आलोचना हुने गरेको छ ।
यी सबै झापालीलाई थाहा नहुने कुरै भएन । त्यसमा पनि प्रधानमन्त्री प्रचण्ड र मन्त्री बुढाथोकीका लागि खरेलको चरित्र राम्रैसँग थाहा छ । ‘कागको फूल चोर्ने’ स्वभावका मानिसले पूर्वेली सोझा हुन्छन्’ भनेको विषयले अहिले झापामा समेत चर्चा पाएको छ ।
![]() |

0 comments:
Post a Comment