var adfly_advert = 'banner';

नाटकीय शैलीमा ट्रक शित्रूलीमा खस्यो, चालकको मृत्यु



२१ असोज– मुग्लिन—नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ चारकिलो भन्ने स्थानमा ट्रक त्रिशूलीमा खस्दा एकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

गएराति १ बजेको समयमा ना ४ ख ८५५२ नम्को ट्रक आफैं अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीमा खस्दा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय विकास गुरुङको मृत्यु भएको छ भने चालकका सहयोगी कविला–९ बस्ने २६ वर्षीय चाल्र्स गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते गुरुङको चितवन मेडिकल कलेज उपचार भइरहेको छ । रासस

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment