![]() |
चितवनको दासढुङ्गामा शव भेटिएको छ।
शव पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरकोे भएको प्रहरीले जनाएको छ।
भाइ मोहन घिमिरेको शवलाई बिहान माछा मार्न गएका माझीले देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ।
प्रहरीले जनाएअनुसार मृतकको गोजीमा भएको एटिएम कार्डको आधारमा शवको पहिचान भएको हो।
शवलाई अहिले काठमाडौं ल्याइदै छ।
त्रिशुलीमा बेपत्ता भएको चौध दिनपछि पूर्व गृहमन्त्री माधव घिमिरेका भाइ मोहन मिघिरेको शव भेटिएको हो।
असोज ९ गते मुक्तिनाथको दर्शन गरेर फर्कँदै गरेका बेला चितवनको घोप्टेभिरमा पूर्व गृहमन्त्री घिमिरे र उनका तीन भाई सहित ७ जना चढेको जीप दुर्घटना भएको थियो।
-
![]() |

0 comments:
Post a Comment