![]() |
असोज १८ – दसैं आइसक्दा पनि लमजुङका मुख्य बजारमा मानिसको भीड देखिँदैन । गएका वर्षमा मानिसको भिड देखिने सुन्दर बजार, भोटेओडार, बेसीशहर, भोर्लेटार लगायतका बजारमा यस वर्षको दसैंमा राम्रो व्यापार हुन नसकेको व्यापरीले बताएका छन् ।
पूर्वी लमजुङको मुख्य व्यापारिक केन्द्र नै भोटेओडार हो । भोटेओडारमा भार्ते, गौँडा, इलमपोखरी, अर्चलबोट लगायतका ठाउँबाट मानिसहरु किनमेल गर्न भोटेओडार झर्ने गर्दछन् । तर अहिले किनमेलकै लागि भोटेओडारसम्म झर्नेको संख्या कम हुँदै गएको छ । गएका वर्षमा भन्दा यसपालीको दसैँमा व्यापार घटेको बालुनेमा किराना स्टोर्स सञ्चालन गर्दै आउनुभएका प्रदीप श्रेष्ठले बताउनुभयो ।
गाउँगाउँमा गाडी पुगेकाले पनि बजारमा किनमेल गर्नेको चहलपहल घटेको लमजुङ उद्योग वाणिज्य संघ भोटेओडारका अध्यक्ष रेवती कुमार श्रेष्ठले बताउनुभयो । ‘गाउँगाउँमा मोटर पुगेको छ । आवश्यक सामान गाडीले गाउँमै पुर्याइदिएको छ । मानिस सौखिन भएका छन् । गाउँदेखी धाएर को पो बजार आउँछन् र ?’ उहाँले भन्नुभयो, ‘त्यसैले बजारमा किनमेलका लागि आउनेको संख्या घटेको छ ।’
![]() |

0 comments:
Post a Comment