 |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृवको संयुक्त सरकारमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री बनेका विमलेन्द्र अहिले देउवामाथि मात्र नभएर पार्टीमाथि नै पुरै हावी भएका छन् । जानकाहरु भन्छन्–विमलेन्द्रले जे भन्यो प्रधानमन्त्री प्रचण्ड त्यही मान्छन् । विमलेन्द्रले बोलेको विचार कांग्रेसको हुने, उनले भनेको विचार भारतको समेत हुने अनौठो अवस्था छ । भारतले यसो भनेको र उसो भनेको छ भन्दै भारत रिसायो भने बित्याँस पर्छ भनेर निधिले सभापति देउवा र देउवा खेमाका सबै नेताहरुलाई थर्काइरहेको बुझिन्छ । भारत भन्नासाथ लालाकलुलुक गल्ने कांग्रेसका एकथरी नेताहरुका लागि अहिले पार्टी सभापति देउवालाई समेत कमाण्ड गर्ने दुस्साह गरेर विमलेन्द्र सर्वशक्तिमान ठहरिएका छन् । भारतको नाम लिएर पार्टीभित्र आतंक असोज ९ गते आइतबारको भेलामा मिनेन्द्र रिजालले ‘भारतको नाम लिएर विमलेन्द्रले सबैलाई धम्क्याउन र ब्ल्याकमेलिङ गर्न थाले’ भनेर टिप्पणी गरेको बुझिन्छ । मिनेन्द्रले ‘विमलेन्द्रले सभापति देउवालाई अब सिध्याउँछन् । त्यसपछि कांग्रेस सिध्याउँछन्’ भनेको एनसी स्रोतको दावी छ । जानकारहरुका अनुसार भारतको नाम लिएर विमलेन्द्रले सभापति देउवालाई थर्काउनसम्म थर्काएर आतंकित पारेको बताइन्छ । आजको साँघु साप्ताहिकमा
 |
About
butwaladvertisement
0 comments:
Post a Comment