![]() |
धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरलाई बिरामी जाँच गर्नबाट रोक्न निर्देशन दिएका छन् ।
राष्ट्रिय मिडियामा नक्कली साबित भएका डाक्टरले बिरामी जाँचिरहेको खबर आएपछि प्रधानमन्त्रीले उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका हुन् ।
आइतबार बिहान स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत् प्रधानमन्त्रीले सो निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।
टेलिफोनमार्फत उप्रेतीलाई प्रधानमन्त्रीले भने, ‘तपाईंले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्नुस् ।’
![]() |

0 comments:
Post a Comment