![]() |
तस्बिरः एजेन्सी
एजेन्सीः भारत र पाकिस्तानबीच विवाद चर्कदै गर्दा चीनले जलविद्युत परियोजनाका निम्ति ब्रह्मपुत्रको एक सहायक नदीको पानी रोकेको छ ।
चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिंचाईमा समेत प्रयोग गर्ने बताएको छ । चीनको यो निर्णयले भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको छ । चीनले यो नदी रोकेमा बंगलादेश र भारतका लाखौँ मानिसको पानीको स्रोत बन्द हुने छ ।
चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत परियोजना चीनको सबैभन्दा महंगो परियोजना हो ।
शनिबार चीनको सरकारी समाचार एजेन्सीले सन् २०१४ देखि सुरु भएको चीनकै सबैभन्दा महंगो यो परियोजना सन् २०१९मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सार्वजनिक गरेको छ ।
यो परियोजनाको योजनाले भारतमा चिन्ता बढेको छ । चीनले परियोजनाको निर्माणका क्रममा बाध बनाएर पानी रोक्ने भएपछि भारतमा चिन्ता बढेको हो । भारतीय सञ्चार माध्ययमले चीनले ब्रह्मपुत्र नदीमा बाध बनाएर रोक्ने निर्णय गरेको खबरलाईप्राथमिकताका साथ प्रकाशित गरेका छन्
![]() |

0 comments:
Post a Comment