var adfly_advert = 'banner';

प्रियंकाले जन्माइन् दुई टाउको भएको शिशु !



भारतको अजमेरमा दुई वटा टाउको भएको शिशु जन्मिएपछि सबैलाई आश्चर्यचकित बनाएको छ।

भारतको राजकीय जनाना अस्पतालमा गर्भवती प्रियंकाले दुई टाउको भएको शिशुको जन्म दिएको हुन्।

सुनील सोनीको पत्नि प्रियंकाले यस्तो शिशुको जन्म दिएपछि अस्पतालका चिकित्सक समेत चकित परेका छन्। आइतरबा गरिएको सोनोग्राफी परीक्षणमा गर्भस्थ शिशुको दुई वटा टाउको देखाइएको थियो। त्यसपछि स्थानीय चिकित्सकले अजमेर अस्पतालमा रिफर गरिदएका थिए।

यता, जनाना अस्पतालका आउटडोर मेडिकल डाक्टर कान्ति मेहरदाले जाँच गरेपछि तुरुन्त अपरेशन गर्ने सल्लाह दिएका थिए। त्यही सल्लाह अनुसार अपरेशन गर्दा सोमबार दुई वटा टाउको भएको शिशुको जन्म भएको थियो।

यो दुई शीर भएको शिशुलाई हेरेपछि त्यहा रहेका नर्स एवं डाक्टर नै छक्क परकेा थिए। तर चिकित्सकले बचाउने धेरै प्रयास गरे पनि पछि शिशुको मृत्यु भएको छ।

चिकित्सकका अनुसार शिशुको धडकन धेरै बढेको भएर नर्सरीमा भेन्टिलेटरमा राखिएको थियो। तर तीन चार घन्टापछि उसको आफन्तले डाक्टरको सल्लाह बिनै लिएर गएपछि शिशुको मृत्यु भएको बताइएको छ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment