![]() |
काठमाडौं, १५ असोज । भारतले न्यूक्लियर हतियारको क्षमता भएको ३६ राफेल फाइटर जेट चीन तथा पाकिस्तानको बोर्डरमा राख्न लागेको चीनले आशंका गरेको छ । उक्त राफेल जेट भारतले फ्रान्सबाट खरिद गर्न लागेको जनाइएको छ । यसकासाथै भारतले विरोधीहरुमाथि दबाब बढाउने चीनको राज्य सरकारद्वारा सञ्चालित मिडिया ग्लोबल टाइम्सले लेखेको छ ।
ग्लोबल टाइम्सले स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्टिच्यूटलाई उद्धृत गर्दै भारत सबैभन्दा बढी हतियार खरिद गर्ने देश भएकोसमेत उल्लेख गरेको छ । मध्यपूर्वमा अस्थिर सुरक्षा अवस्था तथा चीनको क्षमता बढ्दै गएपछि एशियामा हतियार खरिद बढिरहेको उक्त अखबारले लेखेको छ ।
रिपोर्टकाअनुसार राफेल लडाकु विमान न्यूक्लियर हतियार लैजान सक्छ । यसले गर्दा भारतको न्यूक्लियर हतियार निर्माण क्षमता पनि बढ्ने जनाइएको छ । फ्रान्सले भारतको राफेल टेक्नोलोजी दिन अस्वीकार गरेको साउथ एशिया स्टडिजका निर्देशक झाओ गङचेङ्गले बताएको उक्त अखबारले लेखेको छ । यसकारण फ्रान्सले भारतको सैनिक औद्योगिक प्रणालीको वृहत्तर सहयोग गर्न चाहेको छैन ।
ग्लोबल टाइम्स लेख्छ– फ्रान्ससँग राफेल खरिदका लागि डिल गर्नुअघि भारतले अमेरिकामा निर्मित एफ–१६ जेट खरिद गर्ने सोंचिरहेको थियो । रक्षा क्षेत्रमा भारतको आवश्यकता देखेर रुस, इजरायल तथा अमेरिकी बजार आफ्नो हतियार भारतलाई विक्री गर्न प्रयास गरिरहेको छ ।(एजेन्सी)
![]() |

0 comments:
Post a Comment