![]() |
नमस्कार
सर्बप्रथम तपाईं गणतन्त्र नेपालको प्रधानमन्त्री हुनु भएकोमा बधाई दिन्छु । राजनीतिक प्रणालीले जनतामा आफूलाई स्थापित गर्ने प्रवन्ध गर्नु पर्ने बेला तपाईं सरकार गठन भएको भोलिपल्ट देखि नै आफैं प्रधानमन्त्री बन्न शक्तिकेन्द्रका गोप्य बैठकहरुमा सक्रिय रहनु भयो । त्यसैले तपाईंलाई दिएको वधाइ हाम्रो संस्कृतिलाई कृतघ्न हुन नदिने प्रयास मात्रै हो । साँच्चै भन्नुहुन्छ भने हृदयदेखि नै तपाइँलाई वधाई दिने नेपाली छैनन्होला दलीय स्वार्थको भारीले थिचिएका बाहेक ।
तपाईंलाई हिजो हिंसात्मक युद्धबाट देशमा परिवर्तन गर्ने उद्धेश्य बोकेर हिंडेको बेला प्रचण्डको नामले चिनिनुहुन्थ्यो । सीमान्तकृत मानिसहरुको मन आफूतिर तान्न तपाईंहरुले त्यसलाई जनयुद्धको नाम दिनु भएको थियो र लगाम चाहीँ अर्कैतिर थमाउनु भएको रहेछ भन्ने घटनाक्रमहरुले पुष्टि गरिसकेको छ ।
गरिव नेपालीलाई युद्धमा होमेर उनीहरुको जीवन क्षतविक्षत पारेपछि सँगै मुक्त हुने सपना देखाइएका युवाहरु अहिले अरवको मरुभूमीमा उँट जोत्ने हली बनेका छन् भने तपाईं आफैंले ध्वस्त पार्ने भनिएको संसदीय ब्यवस्थाको विकृत पाटो समातेर दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन पुग्नु भएको छ ।
प्रधानमन्त्री ज्यू,
यसबेला तपाईंलाई भन्नै पर्ने केही कुरा छन् । हिजो जनवाद ल्याइदिन गरिवहरुलाई युद्धमा होम्ने बेलाको प्रचण्ड तपाईं अहिले हुनुहुन्न समय बदलियो , मौसम बदलियो र तपाईँ पनि बद्लिनुभयो, अहिले पुष्पकमल बन्नु भएको छ। कुनै राजनीतिक कार्यक्रम र योजना नभएको र अनुहारबाट सबै कान्ति गुमेको मान्छे बन्नु भएको छ तपाईं । विरालोको अनुहार हेरेर बाघको न्यास्रो मेट्ने ठाउँमा तपाईंका अनुयायीहरु पनि पुगेका छन् र त तपाईं उनीहरुलाई आफ्नो पछाडि हिंडाउने कुनै पनि राजनीतिक कार्यक्रम नभएपछि २५ सय सदस्यीय केन्द्रीय समिति बनाएर पार्टी चलाउन वाध्य हुनुहुन्छ । हिजो फुस्रो कपाल , झुस्स दारी, मैलो जाकेट र पाइन्ट, अनि खुट्टामा २५० रुपैयाँको गोलस्टार जुत्ता लगाएर हातमा लठ्ठी, साथमा पत्नी सीता र बाबुरामलाई लिएर तपाईँ तिनै रूकुम, रोल्पाली जनताको बस्तीमा बटुकीमा जाँड, भुटेको मकै भटमास र गुन्द्रुक खाएर हिंड्नुहुन्थ्यो । आज पनि त्यही गर्नुस् भनेको होइन । तर, तिनै बस्तीका जनतालाई बटुलेर सामन्ती , शोषक, जमिनदार, पुँजीवादी, आदि भएभरका शब्द प्रयोग गर्दै गाउँमा १० डोका मकै हुने मान्छेलाई पनि सफाया गर्दै हिंड्नुहुन्थ्यो । कसको हितका लागि ? त्यसबेला तपाईंहरुले सामन्ती भनी गिंडेका शिक्षक, स्वास्थ्यकर्मीको सामाजिक जीवन र आज तपाईंले आफ्नो पछाडि बोकेर हिंड्नु भएका दलालपूँजी वजारका मालिकलाई तुलना गर्ने समय पाउनु भएको छ ?
अँ अस्ती सुनियो, नेपालीसँग बिहे गरेर नेपाल आएकी फिलिपिनो महिला जोयालाई न्याय दिलाउन निर्देशन दिनु भएछ । तर, दाहालज्यू तपार्इंकै घरबाट निकालिएकी एउटी जोया छिन् नि, तपाईंकी बुहारी सिर्जना त्रिपाठी । के गर्नुहुन्छ तिनलाई ?
यहाँ मागेर कसैले दिँदैन त्यसैले अब जनयुद्ध द्वारा आफ्नो अधिकार खोसेर लिनुपर्छ भन्दै त्याँहाका अनपढ , अन्याय र अत्याचारको भुमरीमा झेलिएर रातोदिन मालिकको भारी बोकेर , जमिनदारको खेतबारी जोतेर आफ्नो परिवार पाल्ने किसान मजदुरलाई युद्धमा सामेल गराउनुभयो । नेपालमा युद्ध चर्काएर भारतमा आफू र आफ्नो परिवार सुरक्षितका साथ राख्नु भयो । यो हामीले देखे भोगेकै कुरा हो ।
भर्खरै तपाईंले स्वकीय सचिवमा नियुक्त गर्नु भएका तपाईँका स्वकीय सचिव प्रकाश तपाईंका पुत्र पनि हुनुहुन्छ । तपाईंको युद्धमा सिंगो परिवार उजाड बनाएका मान्छेहरुले अहिले प्रश्न उठाउन थालेपछि तपाईंका पुत्रले प्रश्न गर्नुभयो– ‘म युद्धमा होमिदा तिमी कहाँ थियौ साथी ? । त्यत्रा १७ हजार नागरिक युद्धबाट प्रत्यक्ष प्रभावित छन् । होला प्रकाशले वातानुकुलित ठाउँमा बसेर रणनैतिक युद्ध लडे । त्यो भन्दा कयौं गुणा क्षति भने सर्बसाधारणले ब्यहोरे । आफ्ना कार्यकर्तालाई ब्यक्तिको सम्पत्ति पार्टीकरण गर्नुपर्छ , सबैको सम्पत्ति राष्ट्रियकरण हुनेछ र मालिक , श्रमिक , धनी गरिबलाई बराबर बाँडिनेछ भनेर आश्वसन बाँड्ने तपाईँ नै हो। ती सोझा साझा जनताले दिउँसै सपना देखेर आफ्ना झिम्टिझाम्टा पार्टीकरण गराए । जसको शिकार पनि उनै गरिव बने । तपाईं त भन्नुहोला मेरो निजी सम्पत्ती छैन । तपाईजस्तो निजी सम्पत्तीहिन सर्वहारा जीवन विताउन पाए हरेक नेपाली कति भाग्यमानी सर्वहारा हुन्थे होलान् हगि ?
उमेरले १० बर्ष लाग्दै गरेका नावालक जसको हातबाट किताब खोसेर जबरजस्ती बन्दुक भिराउनु भयो । आफ्ना नेताका छोराछोरीलाई देश तथा बिदेशका अत्याधुनिक सेवा सुविधा सम्पन्न स्कूल र कलेजमा पढाउने र जनताका छोराछोरीलाई जबर्जस्ती युद्धमा सामेल गराएर आजको पदमा पुग्नु भयो । तपाईंले भनेको जनयुद्धले तपाईंको जीवनमा के ल्यायो अनि ती तपाईंले उपयोग गरेका गरिवको जीवनमा के ल्यायो ? एक पटक तुलना गरेर हेर्नुस् । संसदीय राजनीतिको फोहोरी पाटो समातेर सत्तामा उक्लिनु पर्यो भने अझै तपाईं तिनै निरिह नागरिकलाई बेच्न छाड्नु भएको छैन, कहिले शान्ति प्रक्रियाका बाँकी काम भनेर त कहिले तपाईंको युद्धसँग जोडिएका मान्छेका नाममा राज्यको तर्फबाट बजेट छुट्याउन लगाएर । तर, ती सबै तपाईं वरिपरीका नेताको गोजीमा मात्रै रहने, युद्ध अपराधबाट आफू बच्न आफ्ना कार्यकर्तालाई अमानवीय हत्या गर्ने अपराधीलाई पनि उन्मुक्त गराउने बाटोमा तपाईं हिंड्नु भयो । हामीलाई हेग लैजाने ? भन्ने प्रश्न गरेर भ्रम त पाईंले ती कार्यकर्तालाई बाँड्नु भएको छ, जो उनीहरु आफ्ना मारिएका र बेपत्ता आफन्तको न्यायका लागि अपराध गर्नेहरुलाई कारवाही गर्नु पर्ने पक्षमा छन् । तर, के गर्नु तपाईं उम्किंदा तपाईंका कार्यकर्ताको हत्या गर्ने ती सबैलाई उम्काउने बाटो तपाईंले बनाउनु भएको छ ।
थाहा छ हामीलाई– तपाईं अरुका स्वार्थको भारी बोक्ने मान्छे भएकाले आफ्नो मनमा लागेको बोल्न र गर्न स्वतन्त्र हुनुहुन्न । त्यसैले तपाईं समस्यामा पर्नुहुन्छ र बेला बेला रुप बदल्नुहुन्छ ।
चोरेर होस् , लुटेर होस् तपाईँ र तपाईंका नेताहरू सडकछापवाट करोडपति हुँदा मलाई खासै दुख लागेको होइन तर यो मानेमा मलाई दुख लागेको हो कि केही सफल व्यवसायीलाई आज सडकछाप बनाउनुभयो र आफ्ना वरिपरीका केहीलाई माफियागिरीमा सफल बनाउनु भयो ।
प्रधानमन्त्री ज्यू, अब भुलेर पनि हिजोको जस्तो भारतको सीमानामा बंकर खन्ने कुरा नगर्नुस् । किनभने सबैले थाहा पाइसके यता सीमानामा बंकर खनेर गरिव नेपालीका छातीमा गोलीले प्वाल पारिरहेका बेला तपाईंहरु तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीसँग भारतको स्वार्थमा तलमाथि नगर्ने शर्तमा नेपालको युद्धका लागि चाहिने हतियारको जोहो गर्दै तमसुक गरिरहनु भएको थियो । यता सीमानामा बंकर खनिरहेका बेला उता तपाईंलाई अटलिबिहारीको कोठामा तमसुक गराउन लैजाने एसडी मुनीहरुले नै आफ्नो पुस्तकमा यसको खुलासा गरिसकेका छन् । अब तपाईको भिलेनगिरी चिन्न यो भन्दा बढी प्रयास कुनै पनि नेपालीले गर्नेछैन ।
बेलाबेला तपाईं आफ्ना भाषणमा कृतिम भावुकता भरेर अझै मान्छेलाई झुक्याउन खोज्नुहुन्छ । तर, तपाईको युद्ध तपाईंले भनेको माइती (भारत)को स्वार्थ नेपालमा पूरा गर्नका लागि थियो भन्ने घटनाक्रमले उजागर गरेका छन् । नाकाबन्दी लगाउने पक्षकहाँ गएर बेला बेला तपाईं आफैं भन्नुहुन्छ–मैले सुरु गरेको कामलाई निरन्तरता दिएकामा धन्यवाद, अव म माइती फर्केँ । देशभक्त जनताले नाकाबन्दी भोगेका बेला तपाईंले गर्नु भएका राष्ट्रवादी भाषण त त्यसबेला डढेर खरानी भइसकेका हुन्छन् । थाहा छ हामीलाई– तपाईं अरुका स्वार्थको भारी बोक्ने मान्छे भएकाले आफ्नो मनमा लागेको बोल्न र गर्न स्वतन्त्र हुनुहुन्न । त्यसैले तपाईं समस्यामा पर्नुहुन्छ र बेला बेला रुप बदल्नुहुन्छ । तपाईंको यो बदलावसँग तपाईंकै पूर्व लडाकुहरु आक्रोशित छन् र त बेलाबेला भन्नुहुन्छ– मेरो ज्यान खतरामा छ । सही बाटो हिंडेको भए यस्तो खतरा हुँदैनथ्यो दाहालज्यु । आजका मितिमा तपाईं प्रधानमन्त्री हुनुहुन्छ तर, आफ्ना कर्मको प्रतिफलस्वरूप ढिलो चाँडो तपाईं पुग्ने हेग नै हो र तपाईंलाई पिरोल्ने भ्रष्टाचारले नै हो । हो, तपाईं आफ्नै कार्यकर्ताबाट पनि असुरक्षित हुनुहुन्छ । यो ढाँटको प्रतिफल हो ।
दाहाल ज्यू,
तपाईँहरू जहाँ जहिले पनि भाषणमा समानुपातिक समावेशीका कुरा गर्नुहुन्थ्यो तर अहिलेको सरकारमा खै कति जना महिलालाई सहभागिता गराउनुभयो ? अँ अस्ती सुनियो, नेपालीसँग बिहे गरेर नेपाल आएकी फिलिपिनो महिला जोयालाई न्याय दिलाउन निर्देशन दिनु भएछ । तर, दाहालज्यु तपार्इंकै घरबाट निकालिएकी जोया छिन् जो तपाईंकी बुहारी सिर्जना त्रिपाठी हुन् । नेपालीसँग विहे गरेर नेपाल आएकी मात्र नभएर नेपालमै बच्चा जन्माएकी जोयालाई नेपाली हुनबाट संविधानको कुन चाहिँ धाराले रोक्यो ? उनलाई उद्धार होइन न्याय चाहिएको थियो तर कथित महिला अधिकारकर्मी लगायत राज्यले उनलाई उद्धारको नाममा उनीमाथि शोषण गरे । नेपालको संविधानले उनलाई नेपाली सरहको हक र अधिकार प्रदान गरेर त्यो पुरुषको सम्पत्तिको हकदार बनाउन रोक्नेछैन । उनीमाथि किन राजनीति गरेर उद्धारको नाममा शोषण गरियो ?
आजका मितिमा तपाईं प्रधानमन्त्री हुनुहुन्छ तर, आफ्ना कर्मको प्रतिफलस्वरूप ढिलो चाँडो तपाईं पुग्ने हेग नै हो र तपाईंलाई पिरोल्ने भ्रष्टाचारले नै हो । हो, तपाईं आफ्नै कार्यकर्ताबाट पनि असुरक्षित हुनुहुन्छ । यो ढाँटको प्रतिफल हो ।
मलाई थाहा छ तपाईमाझ यी कुरा राख्नु मेरो बेकुबी हो । तर पनि तपाईसामु प्रश्न राख्न विवश छु । फेरि विचार गर्नुस् विवशतापूर्वक राखिएका प्रश्न धेरै बलिया हुन्छन् जसले तपाईंलाई लतार्न सक्छ । तपाईंलाई सम्मानीय भनिरहँदा मेरो मुटुको धड्कन बढेको छ । तपाईजस्तो पिपलपाते, अर्काको स्वार्थको भारी बोकेर आफ्नो निर्णय गर्न नसक्ने र मनमा हेग र भ्रष्टाचारको डर बोकेर बसेको मान्छेलाई प्रश्न गर्नु एक हिसावले निरर्थक होला । तर, सत्ताको लागि नेपालको आन्तरिक निर्णय क्षमता, स्वाधीनता र सार्वभौमसत्ता रञ्जित रे मातहत चल्ने बनाउनुभयो । तपाईंलाई सम्मानीय शब्दले सम्बोधन गर्दा त्यसैले निरर्थक लाग्छ । मैले यो शब्द प्रधानमन्त्रीको त्यो नर्जिव पद वा कुर्सीलाई सम्बोधन गर्न मात्र प्रयोग गरेको हुँ ।
तपाईंको घरमा आज भएजस्ता घटनामा देशभर कतिको ज्यान लिनु भयो तपाईंले ? कथित जनयुद्धताका बहु विवाह गर्ने सर्वसाधारण जनतालाई तपाईंको कथित जनअदालतले कठोर शारीरिक तथा मानसिक यातनाको संजाय सुनाउँथ्यो । तर तपाईको घरबाट नातिसहित एउटी बुहारी निकालिएकी छिन्, अर्काको अंगालोबाट खोसेर ल्याएकी तेस्री बुहारीको कोखबाट जन्मेको नातीको न्वारन पनि तपाईंले खानुभयो । प्रचलित कानुनले तपाईं बाहेक कुन नागरिकलाई यो अधिकार दिएको छ ? तपाईंको शासनलाई तपाईंले भन्ने गरेजस्तो गणतान्त्रिक भन्ने कि सामन्ती विशेषाधिकार रहेको मध्युगीन वा त्यसपछिको जहानीयाँ राणा शासन ?
तपाईंलाई पूर्व प्रधानमन्त्री केपी ओलीको जस्तो लोकप्रियता कमाउन हतार छ । तर, त्यो कामले हुन्छ । तपाईंजस्तो अरुको भरिया, आफ्नो विवेकको बन्धकले ओलीजस्तो देशको मिसनमा स्पष्ट कदम चाल्न सक्नुहुन्न भन्ने बुझेकै कुरा हो ।
तपाईलाई पनि याद होला, तपाईंले संसदीय गणितको छिर्के लगाएर ओली सरकार ढाल्दा नेपालमा ठूलो निराशा र भारतमो ठूलो हर्ष बढाइँ भयो । आफ्नो यो कदमलाई अहिलेको मात्रै कुरा नसम्झनुस् र आफ्नो राजनीतिक जीवनको विश्रान्तिको संकेतका रुपमा बुझ्नुस् । किनभने अहिलेका जनता आफ्नो विचार निर्माण गर्न कसैको सिफरिस पर्खेर बस्दैनन् ।
कर्णालीमा जन्मदर्ता गर्नेलाई १ हजार ज्यादै राम्रो घोषणा हो यो । तर, कर्णाली किन पुग्नु पर्यो ? लाजिम्पाट दरवारमै जन्मेका नातिको जन्मदर्ता गरेर एक हजार बुझ्नुस् । प्रधानमनत्रीज्यु गर्नुहुन्छ यत्ति काम ?
हो, ओलीको सिको गर्न तपाईंले केही कृतिम घोषणा र निर्देशन दिन थाल्नु भएको छ । दोस्रो पटक प्रधानमन्त्री भएपछि तपाईंले कर्णालीमा जन्मदर्ता गराउनेलाई एक हजार रुपैयाँ दिने घोषणा गर्नुभयो । ज्यादै राम्रो घोषणा हो यो । तर, कर्णाली किन पुग्नु पर्यो तपाईंको लाजिम्पाट दरवारमै जन्मेका तपाईंका नातिको तपाईंले जन्मदर्ता नगरेर बुहारी सिर्जना न्यायका लागि रोइकराई गरिरहेकी छिन् । नातिको जन्मदर्ता गराएर एक हजार बुझ्नुस् प्रधानमनत्रीज्यु गर्नुहुन्छ यत्ति काम ?
तपाईंका आफ्नै यस्ता घोषणा जो परिवारबाटै लागू गर्ने अपेक्षासहित अहिलेलाई विदा । अनि मैले माथि जे जे लेखेँ ब्यवहारबाट यसलाई झुठ ठहर गरिदिनुहुन आग्रह सहित ।
![]() |

0 comments:
Post a Comment