![]() |
डा.बाबुराम भट्टराई निकट नयाँ शक्ति, नेपालकी केन्द्रीय परिषद सदस्य तथा नायिका करिश्मा मानन्धरलाई जोडेर केहिदिन अघि एमाओवादी अध्यक्ष प्रचण्ड र जनजाति नेता आङकाजी शेर्पाले दिएको अभिव्यक्ति विरुद्ध महिला विभागले कडा प्रतिवाद गरेको छ ।
बुधबार सो विभागकी संयोजक कल्पना धमलाको नाममा प्रेस विज्ञप्ति जारी गरेर प्रतिवाद गरिएको छ ।संयोजक धमलाले अनलाइन डबलीसँग टेलिफोन वार्ता गर्दै दुवै नेताहरुले सदाबहार नायीका मानन्धर माथि अराजनीतिक अभिव्यक्ति दिएको बताउंदै भनिन्, ‘प्रचण्ड–आङकाजीलाई मुद्धा हालेर कठघरामा उभ्याउन सकिन्छ,तर हामी त्यस्तो गर्दैनौं किन कि हामी उहाँहरु जस्तो अराजनितक छैनौं ।
यसरी नै राजनीतिक प्रतिवाद गछौं ।’प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एमाओवादी अध्यक्ष प्रचण्ड र जनजाति नेता आङकाजी शेर्पाले दिएको अराजनीतिक र गैरजिम्मेवार अभिव्यक्तिप्रति नयाँ शक्ति, नेपाल महिला विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’
त्यस्तै,मानन्धरलाई जोडेर ‘राजनीतिमा लाग्न पाउने संवैधानिक अधिकार उपयोग गर्दै नयाँ शक्ति नेपालमा लामबद्ध भएकी सम्मानित व्यक्तित्वमाथि कुनै राजनीतिक टिकाटिप्पणी गर्ने आधार नभेटेपछि नितान्त व्यक्तिगत चरित्रमाथि गरिएको प्रहारलाई हामी महिलामाथि गरिएको राजनीतिक हिंसा ठान्दछौं ।
पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलको शीर्ष नेतृत्वद्वारा कुनै महिलामाथि गरिएको चरित्रहिन, अनैतिक र अराजनीतिक टिप्पणीप्रति हामी खेद व्यक्त गर्दछौं ।’
केहि दिन अघि प्रचण्डले मानन्धरलाई ‘हाम्री भनेका पो थियौं त अहिले बाबुरामकी पो रहिछन् पुष्टि भएको छ ।’ भनेका थिए भने शेर्पाले ‘दुःखमा अरुलाई बन्दुक बोकायौ,सुखमा सुकिला करिश्माहरु ।’ भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रेस विज्ञप्तिमा भिनिएको छ ‘नयाँ शक्ति, नेपाल महिला विभाग सम्बन्धित व्यक्तिहरुलाई तत्काल सार्वजनिक माफी माग्दै गल्ती सच्याएर राजनीतिक संस्कार देखाउन अपिल गर्दछौं ।’
![]() |

0 comments:
Post a Comment