 |
काठमाडौं, ३१ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको खेलमा नेदरल्याण्डसँग भएको दोश्रो खेलमा नेपालले १९ रनको बिजय हात पारेको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४८ दशमलव ३ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १९८ रन बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खडकाले २, बसन्त रेग्मीले २ विकेट र सोमपाल कामीले २ विकेट लिए । त्यस्तै नेपालका लागि शक्ति गौचन, सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट लिएका थिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई २१८ रनको लक्ष्य दिएको थियो । नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २१७ रन बनाएको थियो । नेपालका कप्तान पारस खड्काले शानदार ब्याटिङ गर्दै ९४ बलमा ८४ रन बनाएका थिए । पारसले आफ्नो पारीमा ७ चौका र १ छक्का हानेका थिए । त्यस्तै अर्का ब्याट्सम्यान सागर पुनले ४५ रनको योगदान दिएका थिए भने ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । नेपालको ईनिङमा अनिल मण्डलले ४, शरद भेस्वाकरले ८ रन बनाएका थिए । नेपालका लागि पारस खड्का र सागर पुनले सेन्चुरी पार्टनरसिप गरेपछि नेपालले सम्मानजनक रन बनाउन सकेको थियो । दुवैले ११८ रन को पार्टनरसिप गरेका थिए । त्यस्तै बिनोद भण्डारीले १७, विकेटकिपर ब्याट्सम्यान राजु रिजालले शुन्य, सोमपाल कामिले २ र बसन्त रेग्मीले ४ रन बनाएका थिए । शक्ति गौचनले ३ र सन्दिप लामिछानेले २ रन नटआउट बनाएका थिए । नेदरल्यान्ड्सका बलर रिप्पनले ४ विकेट लिएका थिए भने मलिकले २ विकेट र किन्ग्मा, मिकिरेयन, भानडरले १–१ विकेट लिएका थिए । यो जितसँगै नेपालले विश्वकप छनोटका लागि आफ्नो आशा जिवित नै राखेको छ ।
 |
About
butwaladvertisement
0 comments:
Post a Comment