var adfly_advert = 'banner';

नागार्जुन र निर्मलनिवासमा ज्ञानेन्द्रलाई आइलाग्यो यस्तो आपत

नेपाल विद्युत प्राधिकरणले पूर्वराजा ज्ञानेन्द्र शाह निवा सनागार्जुन र निर्मल निवासको बिजुली काट्ने भएको छ । उर्जामन्त्री जनार्दन शर्माको ठाडो दिर्नेशनमा प्राधिकरणले पूर्वराजाको निवासमा बिजुली काट्ने तयारी गरेको हो । संयोग के परेको छ भने पूर्वराजा ज्ञानेन्द्र हाल सपरिवार युरोप भ्रमणमा छन् । सम्भवतः उर्जामन्त्रीको निर्देशन कार्यान्यवन भए उनी फर्कंदा निर्मलनिवास र नागार्जुन अन्धकार हुनेछन् ।
प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि ज्ञानेन्द्रले बक्यौता विद्यतु महसुल बुझाएका छैनन् । झण्डै चार वर्षदेखि ज्ञानेन्द्रले विद्युत महसुल नतिरेका हुन् ।
यसअघि आइतबार मात्र प्राधिकरणले महसुस नतिरेको भन्दै नारायणहिटी दरबारभित्रको महेन्द्र मञ्जिलको बिजुली काटेको थियो । महेन्द्रमञ्जिलमा पूर्वमुमाबडाहमारनी रत्न बस्दै आएकी छन् ।
उर्जामन्त्री शर्माले महसुल नतिर्ने ठूला ग्राहकको लाइट काट्न निर्देशन दिएपछि प्राधिकरणले अभियानकै रुपमा बिजुलीको लाइन काट्ने कार्यलाई तीव्रता दिएको हो ।
प्राधिकरणले अर्को चरणमा विद्यतु महसुल नतिर्ने सरकारी कार्यालय, पूर्वउच्चपदस्थ पदाधिकारी, अस्पताल र उद्योग प्रतिष्ठानहरुको लाइन काट्ने तयारी गरेको उर्जामन्त्रीका स्वकीय सचिव वसन्त शर्माले जानकारी दिए ।
साभार काठमांडू टुडे बाट
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment