var adfly_advert = 'banner';

ओलीलाई थापेको पासोमा यसरी आफै फसे प्रचण्ड ,सरकार गम्भीर संकटमा

१५,भदौ,काठमाण्डौं । नेपालीमा एउटा उखान छ किन रोइस मंगले आफ्नै ढङ्गले । यसको अर्थ हो आफैले खनेको खाडलमा आफै पर्नु । यस्तै अवस्था आएको छ वर्तमान सरकारका प्रधानमन्त्री प्रचण्डलाई । केपी ओलीलाई गिराउन सबै हद पार गरेका प्रचण्डलाई अब आफैलाई ओलीविरुद्ध गरेका काम तातो दुध निल्नु न ओकल्नु भएको छ । आफैंले असफल बनाएको बजेट आश्रित विधेयक पारित गर्न प्रयास गरिरहेका माओवादी नेता तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई अनुहार रातोपिरो हुनेगरी एमालेका नेताहरुले जवाफ दिएपछि सरकारलाई संकट परेको छ । संविधान अनुसार नयाँ विधेयक बनाएर संसदमा पेश गर्न अर्को वर्षको जेठ १५ गते पर्खनुपर्नेछ भने असफल भएको सोही विधेयक अघि बढाउन पनि संसदको चालु अधिवेशन अन्त्य भइ नयाँ अधिवेशन आउनुपर्ने अडान एमालेका नेताहरुले लिएपछि सरकार अप्ठेरोमा परेको हो । सरकार परिवर्तनका लागि आफैंले बजेट आश्रित विधेयक फेल गराएको माओवादी र सो विधेयकको विपक्षमा मतदान गर्नुअघि संसदमा वक्ता भएर बोलेका तिनै महराले यस्तो कुरा गरेपछि एमाले नेताहरुले महरालाई अनुहार नै रातो हुनेगरी जवाफ दिएका थिए । यो विषय अर्थमन्त्री महराले बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको तीन दलको बैठकमा उठाएका थिए । एमाले नेताहरुले ‘तपाईंहरुले नै विधेयक फेल गर्नु भएको हो, तुच्छ स्वार्थका लागि राष्ट्रको गति नै बन्द हुनेगरी विधेयक किन फेल गर्नु भयो र अहिले किन आवश्यक ठान्नु भयो ?’ यस्तो प्रश्नले महरा रातो मुख लगाएर बसे र विगतका गल्ती सच्याएर कुनै न कुनै उपाय निकालेर संकटबाट मुक्त हुनुपर्ने बताए । आश्रित विधेयक पारित गर्नका लागि पूर्व अर्थमन्त्री विष्णु पौडेलले पनि प्रचण्ड सरकारलाई विधि र प्रक्रिया अपनाउन सुझाव दिएका छन् । एमालेको अडानले प्रचण्ड सरकार आफैले थापेको पासोमा आफै परेजस्तो भएको कतिपयको विश्लेषण छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment