var adfly_advert = 'banner';

पठाएकै हुन् त प्रचण्डले यो कुरा लेखेर नरेन्द्र मोदीलाई पत्र ?



प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको दाबी गरेको छ ।



एक साताअघिदेखि चलेको एमाले स्थायी कमिटी बैठकका भएका निर्णय सार्वजनिक गर्न बुधबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा एमालेले नेपालीको शिर निहुराउने गरी सरकारले संविधान संशोधनको कुरा लेखेर भारतलाई पत्र पठाएको आरोप लगाएको हो ।

उसले नेपालको आन्तरिक मामिलामा नेपालमै छलफल हुनुपर्ने बताउँदै यस्ता कार्यले देशको सर्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रतामा खलन पुर्याउने बताएको छ ।

बिना औचित्य संविधान संशोधन गरे समस्यालाई बल्झाउने र नयाँ–नयाँ समस्या सिर्जना गर्ने एमालेको ठहर छ । उसले त्यस विषयमा देशभित्र कुनै छलफल नै नभएर विदेशी भूमिमा गएर छलफल गरिनु आपत्तिजनक भएको जनाएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment