![]() |
१, मेष :- आफ्नो ब्यबहार सकारात्मक राख्नु होला | ब्यापारमा सफलता मिल्नेछ र ब्यापारमा कुनै नयां योजनाहरु पनि बन्नेछन | पारिवारिक जीवनमा केहि उथल पुथल पनि हुनसक्ला | दाजुभाई बीच जग्गाजमिन सम्बन्धी केहि विवाद पनि पर्नसक्ला | आफन्तजन संग राम्रो ब्यबहार गर्नुहोला | अनावश्यक विवादबाट बच्नुहोला | सफलताको बाटो पनि खुल्नेछ | स्वास्थ्यमा ध्यान दिनुहोला |
२, वृष :- आज आफुलाई एक्लो भएको महशुष होला ,घुमघाम तथा साथीभाईसंग समय बिताउनु भएमा केहि शान्ति मिल्नेछ | पारिवारिक बिबादको पनि अन्त्य होला | नोकरीमा बढुवा तथा सम्मान पनि मिल्न सक्नेछ | शेयर सम्बन्धि कारोवारमा फाइदा हुनेछ | आय आम्दानीको नयां बाटो पनि खुल्नेछ | कुनै नयां योजनाको लागी पनि दीन शुभ रहेको छ | पुर्व अध्यनले फाइदा मिल्नेछ | सवारी साधनको प्रयोग गर्दा होश पुर्याउनु होला |
३, मिथुन :- आज आफुलाई भाग्यशाली महशुष गर्नुहुनेछ | परिवारजन तथा साथीभाईसंगको सम्बन्ध तथा सहयोगमा वृद्धि हुनेछ | आर्थिक कारोवारमा कम सफलता मिल्ला | ब्यापारिक व्यक्तिहरु लेनदेनमा सतर्क रहनुहोला | कुनै यात्रा पनि गर्नुपर्नसक्ला | बिद्यार्थी बर्गका लागि मिहेनत ज्यादा गर्नुपर्नेछ र एकाग्र पनि रहनु होला | पारिवारिक स्वास्थ्यमा बिशेष ध्यान दिनुहोला | खर्च पनि बढ्न सक्ला |
४, कर्कट :- पारिवारिक सद्भाव र सहयोगमा हांसी खुशी दिन बित्नेछ | केहि समय देखि चलिरहेको बिबादको पनि अन्त्य हुनेछ | भाग्यले साथ दिनेछ | आर्थिक कारोवारमा सफलता मिल्नेछ | विद्यामा सफलता मिल्नेछ | थोरै मिहेनतले अधिक लाभ मिल्नेछ | शारीरिक स्वास्थ्य राम्रो रहनेछ |
५, सिंह :- दिन सामान्य रहनेछ | आज तपाईंबाट भएको सहयोगले सम्बन्ध सुद्रिढ हुनमा ठुलो मदत मिल्नेछ | घर परिवारमा हुने अनावश्यक विवादबाट बच्नुहोला | आर्थिक कारोवारमा सावधानी अपनाउनुहोला | ब्यापारमा ध्यान दिनुहोला | कार्यक्षेत्रमा हातेमालो गरि अघि बढ्नुभएमा सफलता मिल्नेछ | परिवारको साथ खुशीपुर्वक दिन बित्नेछ | पुरानो रोगको पनि नाश हुनेछ |
६, कन्या :- आज आफ्नो मन आध्यात्मिक हुनेछ र धार्मिक कार्य पनि हुनेछ | नयां योजनाहरु पनि बन्नेछन | जीवनसाथी संगको सम्बन्धमा पनि तपाईंको भूमिका महत्वपुर्ण हुनेछ | अनावश्यक बादबिबाद तथा झन्झटबाट बच्नुहोला | आर्थिक लेनदेनमा सावधानी अपनाउनु होला | व्यापारमा राम्रो हुनेछ | विद्यार्थीको लागि दीन शुभ रहेको छ | तनावबाट बच्नुहोला | स्वास्थ्य राम्रो हुनेछ |
७, तुला :- मन केहि अशान्त रहला , साथीभाईसंग घुमघाम तथा मनोरंजनमा दीन व्यतित गर्नुहोला | कार्यक्षेत्रमा लाभ मिल्नेछ | आय आम्दानी पनि बढ्नेछ | अरुको कुनै पनि काममा हस्तक्षेप नगर्नुहोला | आफ्नो सहयोगीको कुनै काम चित्त नबुझेमा राम्ररी सम्झाउनुहोला | विद्यार्थीको लागि पढाइमा एकाग्रता नभएर समस्या आउन सक्ला | सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनु होला | स्वास्थ्य राम्रो रहनेछ |
८, वृश्चिक :- दीन सामान्य रहनेछ | आर्थिक लेनदेनमा सावधानी अपनाउनु होला | आफ्नो सम्बन्ध बिस्तारमा केहि समय लाग्नसक्ला | साथीभाईहरुका साथ् राम्ररी समय बित्नेछ | व्यापार ब्यबशायमा केहि निराशा छाउन सक्ला | आर्थिक लगानी गर्दा बिचार पुरयाउनु होला | विद्यार्थीको लागी बढी मिहेनतको जरुरि हुनेछ | स्वास्थ्यको लागी दीन राम्रो नहोला , टाउको तथा पेट दुख्न सक्ला |
९, धनु :- समय राम्रो रहेको छ | पारिवारिक सहयोग र सद्भाव बढ्नेछ | कुनै यात्राको पनि सम्भावना रहेको छ | सम्बन्ध बिस्तारमा सहयोग पनि हुनेछ | ब्यबशायमा लामो समयदेखि चलि आएको समस्याको पनि समाधान हुनेछ | विद्यार्थीको लागी सबै मिलेर अध्यन गर्दा सफलता मिल्नेछ | सानो सानो समस्याले मन बिचलित होला सावधान रहनुहोला | आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला |
१०, मकर :- मन प्रशन्न रहने छ | साथीभाई तथा परिवारबाट सहयोग मिल्नेछ | अपरिचित व्यक्तिलाई आफ्नो सबै कुरा खोलेर कुराकानी नगर्नुहोला | आपशी प्रेममय वातारणको लागि दीन शुभ रहेको छ | आर्थिक ब्यबशायबाट सफलता मिल्नेछ | कारोवार पनि बढ्नेछ | आय आम्दानीको नयां बाटो पनि खुल्नेछ | कुनै पुरानो रोकिएको काम पनि पुरा हुनेछ | बिद्यार्थीको लागि कुनै प्रतियोगितामा भाग लिनुभएमा सफलता मिल्नेछ | स्वास्थ्य सामान्य रहला |
११, कुम्भ :- प्रेम र सद्भावपुर्ण अवस्थामा दीन बित्नेछ | प्रेममा सफलता मिल्नेछ | पारिवारिक कुनै समस्याले मन बिचलित हुनसक्ला | सन्तानको हेरविचार गर्नुहोला | आर्थिक कारोवार गर्दा सुरुमा केहि बाधा भएपनि पछि सुचारु रहनेछ | आफ्नो लक्ष्य र योजना प्रति दृढ पुर्वक लाग्नुहोला सफल होइनेछ | कसैसंग ज्यादा भरोषा गर्दा विचार पुरयाउनु होला | पुरानो रोगको नाश हुनेछ |
१२, मीन :- दीन सफल रहेको छ | भाग्य उदय हुने दीन रहेको छ | विवाहको लागी कुनै नयां प्रस्ताव पनि आउनसक्नेछ | परिवारबाट पुरा सहयोग पनि मिल्नेछ | साथीभाईहरु द्वारा पनि सहयोग मिल्नेछ | व्यापार र ब्यबशायको लागी दीन सामान्य रहेको छ | बिद्यार्थीको लागी समय अनुकुल रहेको छ , थोरै मिहेनतद्वारा ठुलो सफलता मिल्नेछ | पुरानो रोग निर्मुल हुने हुँदा स्वास्थ्य राम्रो हुनेछ |
.
![]() |

0 comments:
Post a Comment