![]() |
प्रत्येक वर्ष पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली उनकै हातबाट तिहारको टिका थाप्थे । धेरै वर्षअघिदेखि आफ्नै दिदी मानेर टिका थाप्ने यी दिदी–भाईको अन्तिम विछोड हुने बेलामा भेट हुन पाएन । ओली यसबेला थाइल्याण्डको बैंककमा उपचारका लागि गएका छन् ।
यहिबेला उनले लामो समयदेखि तिहारमा टिका थाप्दै आएकी दिदी विष्णुमाया शिवाकोटीको ७६ वर्षको उमेरमा सोमबार साँझ काठमाण्डुमा निधन भयो । पूर्वप्रधानमन्त्री ओली दिदी विष्णुमायालाई निकै माया गर्ने र आदर्श अभिभावकका रुपमा लिने गर्दथे ।
फाइल तस्वीर
अघिल्लो साल प्रधानमन्त्री भएकै बेला दिदी विष्णुमायाको हातबाट ओलीले बालुवाटारमा तिहारको टिका थापेका थिए । विष्णुमायाको निधनसँगै आगामी तिहारमा उनको हातबाट टिका थाप्ने ओलीका रहर र सपना अधुरै रहने भएका छन् । बैंकक जानुअघि भेट भएकी दिदी विष्णुमायालाई नेपाल फर्केपछि अब ओलीले कहिल्यै भेट्न पाउने छैनन् ।
लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित विष्णुमायाको काठमाण्डुको नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । त्यसअघि ललितपुरको हरिसिद्धि र भारतमा समेत लगेर विष्णुमायाको उपचार गरिएको थियो ।
विष्णुमायाका जेठा छोरा बालकृष्ण शिवाकोटी एमाले उद्योग विभागका सदस्य र लगानी बोर्डका सदस्य समेत हुन् । हाल गौशला बस्ने उनको पुख्र्यौली घर दोलखाको सुनखानी हो । विष्णुमायाको सोमबार बेलुकै आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
-
![]() |

0 comments:
Post a Comment