![]() |
काभ्रेमा सोमबार भएको बा३ख १०६ नम्बरको बस दुर्घटनाको मुख्य कारण इन्जिनले धोका दिँदा भएको घाइते यात्रुहरुले बताएका छन् । काठमाडौंबाट दोलालघाटको मादनकुदारी जाँदै अरुण यातायातको बस उकालेमा स्टाट बन्द भएपछि ब्याक भयो तर ब्रेक नलागेपछि बस दुर्घटना भएको घाइतेहरुले बताएका छन् ।
दुर्घटनामा ३२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने कैयन यात्रु घाइते भएका छन् । यात्रुहरुले खचाखच भरिएको बसको छतमा चामलसहितका खाद्य वस्तुका कारण पनि ओभर लोड थियो । घाइतेहरुले बताए अनुसार चालकले स्टार्ट गर्ने योजनाका साथ ब्याक गरेका थिए ।
तर, ब्रेक लागेन र बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको बताइन्छ । भिरमा बस खसेका कारण टुक्रा टुक्रा भएको थियो भने पाखाभरी मृतकका लास थिए भने घाइतेहरु बचाउ बचाउ भन्दै चिच्याइरहेका थिए । घाइतेहरुलाई तत्कालै नेपाल आर्मीको हेलीकप्टरबाट उद्धार गरिएको थियो । उनीहरुको काठमाडौँ र काभ्रेमा उपचार भइरहेको छ ।
.
![]() |

0 comments:
Post a Comment