var adfly_advert = 'banner';

पूर्वसभासद् शान्ता चौधरी लुटिइन्! एकै रातमा सबै सपना चकनाचुर भन्छिन्– अब मसँग केही बाँकी रहेन्, सबै गुमाए



दाङ, १३ भदौ । पूर्वसभासद् शान्ता चौधरी लुटिएकी छन् । दाङको लक्ष्मीपुरस्थित घरमा शनिबार राति भएको लुटपाटमा उनले आजसम्म कमाएको सम्पत्ति एकै रातमा गुमाएकी छन् ।

जेठानीको छोराको विहेमा जाँदा शान्ताको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको घरबाट ल्यापटप, ट्याव, केही गरगहना र खुत्रुकेमा जम्मा गरिएको झण्डै १५ हजारलगायतको धनमाल चोरी भएको छ ।

नेकपा एमालेकी नेतृ समेत रहेकी शान्ताले आजसम्म कमाएको र उपहारमा प्राप्त भएको सम्पत्ति सबै लुटिएको बताइन् । नयाँ किताव प्रकाशन गर्ने तयारीमा रहेकी शान्ताको त्यो सपना पनि चकनाचुर भएको छ । ‘गरिवी र राजनीति’ नामक पुस्तक लेखी सक्काएर सम्पादनका लागि तयारी भइरहँदा पुस्तकका शब्द राखिएको ल्यापटप पनि उनले गुमाएपछि त्यो सपना अधुरै रहेको हो ।

उनले ‘मसँग अब केही छैन’ भन्दै सबै गुमाएको प्रतिक्रिया दिइन् । लुटपाट घटनाको प्रहरीले छानविन गरिरहेको भन्दै उनले आफ्ना लुटिएका समान भेटिने आशा व्यक्त गरिन् । दाङमा शान्ता एक्लै बस्दै आएकी छन् । उनका छोराछोरी काठमाडौंमा पढ्छन् ।

यता दाङ प्रहरीले पनि घटनाको अनुसन्धान भइरहेको भन्दै छिट्टै अभियुक्त समातिने बताएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment