var adfly_advert = 'banner';

काभ्रेको दु:खद् बस दुर्घटनाका केहि मार्मिक तस्विरहरु.. दुर्घटनामा ज्यान गुमाउनेहरु प्रती हार्द्धिक श्रद्धानजली तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना ..!!!

३२ साउन । काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुने परिवारका छोरा–छोरीलाई कम्तीमा प्लस टुसम्म निशुल्क शिक्षाको व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ । ‘काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबाहक बस सोमबार विर्तादेउराली गाविसको कोतालीस्थित खहरे खोलामा दुर्घटनाग्रस्त भएको थियो ।
सो दुर्घटनामा परि ३६ को मृत्यु भएको छ भने चालीस जना घाइते भएका छन् । ‘काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुने परिवारका छोरा–छोरीलाई कम्तीमा प्लस टुसम्म निशुल्क शिक्षाको व्यवस्था गर्न अनेरास्ववियुले सरकारसँग जोडदार माग गरेको छ,’ अनेरास्ववियु अध्यक्ष नविना लामाले पहिलो न्युज डटकमसँग भनिन्, ‘सरकारले सकेन भने अनेरास्ववियुको पहलमा उनीहरुलाई निशुल्क शिक्षाको व्यवस्था गर्छौ ।’
लामाले दुर्घटनामा घाइते भएकाहरुलाई पनि निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न सरकारसँग माग गरिन् । ‘हाम्रो संगठनकी विदेशविभाग प्रमुख यसु लामासहित करिब चालिस जनाको उपचार भैरहेको छ,’ लामाले भनिन्, ‘सबैको निशुल्क उपचारमा सरकारको ध्यान जाओस् ।’ काभ्रे अध्यक्ष लामाको गृह जिल्ला पनि हो ।
घटना लगत्तै उद्धारका लागि देउराली पुगेको हेलिकोप्टर र अन्य माध्ययमबाट ४० जना घाइतेको उद्धार गरी काठमाडौँ ल्याएइएका सबैको त्रिवि शिक्षण अस्पताल, दिर्घायु अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल लगायत विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment