![]() |
व्यवस्थापिका–संसदका समितिहरुको बैठकमा अबदेखि सांसदले खाजा–खाना नपाउने भएका छन् ।
संसद सचिवालयले १ भदौदेखि लागू हुने गरी साँझ–बिहान बैठक बस्दा उपलब्ध गराउँदै आएको खाना–खाजा उपलब्ध नगराउने निर्णय गरेको हो ।
यसअघि सांसदले संसदको समितिको बिहान ९ बजेअगाडि र साँझ ७ बजेपछाडि बैठक बस्दा ‘कुपन’ का आधारमा खाजा र खानाको व्यवस्था गरिँदै आएको थियो ।
सभामुख ओनसरी घर्तीको उपस्थितिमा आइतबार बसेको सचिवालय बैठकले अबदेखि खाना–खाजाको कुपनको साटो बैठकमा उपस्थिति भएको हाजिरीका आधारमा सम्बन्धित सांसदलाई आफ्नै खातामा थप भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
नयाँ पत्रिकाबाट
![]() |

0 comments:
Post a Comment