![]() |
एजेन्सी । सलमान खानले चीनका विरुद्ध बन्दुक उठाएका छन् । हाल लद्दाख पुगेका सलमान एक्लैले भने बन्दुक उठाएका होइनन् । उनका पछाडी ठूलो फौजले नै चिनिया बोर्डरमा पुगेर चीनका विरुद्धमा बन्दुक उठाएको हो । अर्को वर्ष इदको अवसर पारेर सार्वजनिक गर्ने तयारी गरिएको फिल्म ट्यूबलाइटमा यि सबै दृश्यहरु देखिएका हुन् ।
कबीर खान निर्देशित ट्यूबलाइट अहिले धमाधम छायांकन भइरहेको छ । जुन तस्विरलाई निर्देशक खानले फेसबुकमा शेयर गरेपछि भाइरल बनेको छ । तस्विरमा सलमान र उनको फौज चीन तर्फ अगाडी बढेको देखिन्छ । समाचार स्रोतका अनुसार चलचित्रमा सलमान एक राष्ट्रसेवक सैनिकको भुमिकामा छन् ।
ट्यूबलाइट १९६२ मा भारत चीनको बिचमा भएको लडाईको यर्थाथ घटनामा आधारित चलचित्र हो । जसमा सलमानसँग चिनिया अभिनेत्री छु छुले काम गर्दैछिन् । चिनमा सफल देखिएकी छु छु टेलिभिजन हुँदै फिल्मको यात्रा सुरु गरेकी थिइन् । फिल्मलाई कविर खानले निर्देशन गर्दैछन् ।
![]() |

0 comments:
Post a Comment