var adfly_advert = 'banner';

नेपाली फिल्मको सुरुवात यसरी भएको थियो



नेपाली फिल्म क्षेत्रले सात दशक पार गरेको छ । सात दशक पार हुँदै गर्दा नेपाली फिल्मका हस्ती बी.एस. थापाको निधनले ठूलो क्षति पु-याएको छ । नेपाली भाषामा पहिलो फिल्म भारतमा बिक्रम संवत २००८ सालनमा निर्माण भएको थियो । फिल्मको नाम थियो ‘सत्य हरिश्चन्द्र’ । यो नेपाली भाषामा डबिङ फिल्म रहेको इतिहाँसमा उल्लेख छ । नेपालमा भने बिक्रम संवत २०२२ सालमा ‘आमा’ चलचित्र निर्माण भएको हो । नेपाली माटोअनुसारको पहिलो फिल्म ‘आमा’लाई लिने गरिन्छ ।यस चलचित्रको निर्देशन हीरासिंह खत्रीले गरेका थिए । चलचित्रमा शिवशंकर मानन्धर र भुवन चन्दको अभिनय थियो । शिवशंकर र भुवन भन्द नेपाली सिनेमाका पहिलो नायक नायिका मानिन्छन् । त्यस बेलाको सरकारले आफ्नै लगानीमा ‘माइतीघर’ फिल्म बनाएको थियो । यो फिल्म बिक्रम संवत २०१८ सालमा निर्माण भएको थियो । तर विभिन्न प्राविधिक र आन्तरिक कारणले ‘माइतीघर’ फिल्म ‘आमा’ फिल्मपछि मात्रै रिलिज भएको हो । २०१८ सालदेखि फिल्म क्षेत्रमा सरकारले लगानी थाले पनि त्यसपछिका सरकारले फिल्मको विकासमा धेरै योगदान नपु-याएको आरोप लाग्दै आएको छ ।

‘माइतीघर’ फिल्ममा माला सिन्हा र चिदाम्बरप्रसाद लोहनी (सीपी लोहनी) को प्रमुख भूमिका रहेको छ । यो जोडीले पछि विवाह पनि गरेका थिए । चलचित्रमा सुनिल दत्त र कमेडियन राजेन्द्र नाथको विशेष भूमिका थियो । फिल्मको निर्देशन बी.एस. थापाले गरेका थिए । जसको निधन मंगलबार बिहान भारतको मुम्बईस्थित आफ्नै निवासमा भएको छ । ‘माइतीघर’मा भारतीय संगीतकार जयदेवले संगीत भरेका थिए । फिल्ममा लता मंगेशकर, आशा भोसले, उषा मंगेशकरका साथै प्रेमध्वज प्रधान, सी.पी. लोहनी र अरुणा लामाले स्वर दिएका थिए ।
सन् १९७१ मा सरकारले शाही नेपाल फिल्म कर्पोरेशन स्थापना गरेर ‘बाँध’ चलचित्र निर्माण ग¥यो । जसको निर्देशन जय राणा र संगीत नातीकाजी र शिव शंकरले भरेका थिए । गीतमा स्वर अम्बर गुरूङले दिएका थिए । यसको प्रिमियर सन् १९७३ मा गरिएको थियो ।

यसपछि सन् १९७८ मा ‘कुमारी’ र सन् १९८० मा ‘सिन्दुर’ र ‘जीवन रेखा’ चलचित्र निर्माण भएका थिए । यो सफलतासंगै चलचित्र निर्माणमा निजी क्षेत्रको आगमन भयो । सन् १९७८ मा सिनेरोमा व्यानरमा ‘परालको आगो’ निर्माण भएको थियो । ‘परालको आगो’लाई प्रताव सुब्बाले गरेका थिए । कथावस्तु र संगीतका कारण फिल्म सफल पनि भएको थियो । फिल्ममा टंक शर्मा, वसुन्धरा भुसाल, सुष्मिता ढकाल, आई.के. सिंह, मेनुका प्रधानको अभिनय थियो । फिल्ममा पहिलो महिला संगीतकार शान्ति थठालले संगीत दिएकी थिइन् । जसमा शब्द मानबहादुर मुखिया र इन्द्र थपलियाको थियो । स्वर अरुणा लामा, दावा ग्याल्मो, पेमा लामा, शंकर गुरूङ र दीपा गहतराज (झा) को थियो । फिल्मको पटकथा प्रताव सुब्बाको थियो । स्रोत – दैनिक नेपाल
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment