var adfly_advert = 'banner';

स्कुल उद्घाटन गर्न गएका मन्त्री चढेको हेलिकोप्टर अवतरण हुँदा ९० वर्षीय वृद्ध घाइते

गोरखाः वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकोप्टर चार्टर गरेर पुगेका हुन्।
मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका मन्त्री एक घण्टा बसेर हेलिकोप्टरमै गोरखा सदरमुकाम फर्किए । सदरमुकाममा कार्यक्रम प्रमुखसँग अन्तरक्रिया गरी उनी अपरान्ह काठमाडौँ फर्किएका छन् ।
हेलिकोप्टर खर्च मन्त्री आफैले गरेको विद्यालयका अध्यक्ष देवीप्रसाद श्रेष्ठले जानकारी दिए ।
हेलिकोप्ट अवतरण हुँदा ९० वर्षीय वृद्ध घाइते
मन्त्री चढेको हेलिकोप्टर अवतरण हुदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ ।
गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे ।
अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् । तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भने, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुनेथियो ।’
मन्त्रीले उद्घाटन गरेको विद्यालयको १२ कोठे भवन कोरियाका चार संस्थाले निर्माण गरेका हुन् । हाम्सालिङ साउथ कोरिया, सोलिडारिटी ह्युमन राइट एण्ड कल्चर, भिजन २०–२० कोरिया लगायतका संस्थालाई सोड नेपाल नामक संस्थाले संयोजन गरेको हो । भिजन २०–२० नामक संस्थाले विद्यालयलाई २० वटा कम्प्युटर हस्तान्तरण गरेको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment