var adfly_advert = 'banner';

बालुवाटारमा रावल र निधिबीच हात हालहालको स्थिति -l






काठमाडौं, १४ भदौ । संविधान संशोधनको विषयलाई लिएर कांग्रेस नेता तथा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच मंगलबार विवाद हुँदा तनावपूर्ण स्थिति सृजना भएको छ ।

संविधान संशोधन र स्थानीय निकायको संरचनाका विषयमा छलफल गर्न मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको प्रमुख तीन दलको बैठकमा निधि र रावलबीच हात हालाहालको स्थिति सृजना हुनु अगावै नेताहरुले रोकेका छन् ।

उपप्रधानमन्त्री निधिको भारत भ्रमणका सन्दर्भमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति वाचन गरेर सुनाउँदै रावलले नेपालको संविधान संशोधन गर्ने विषय भारतमा गएर छलफल गरेको भन्दै गम्भिर आपत्ति जनाएपछि दुई शीर्ष नेताबीच तनावपूर्ण स्थिति पैदा भएको हो ।

दूतावासले जारी गरेको विज्ञप्तिमै संविधान संशोधनबारे भारतीय प्रधानमन्त्री र नेताहरुसँग कुराकानी भएको उल्लेख हुनु गम्भिर विषय हो भन्दै रावलले आपत्ति जनाएपछि निधिले यसको प्रतिवाद गरेका थिए ।

निधिले रावल माथि संविधान जारी गर्ने क्रममा विदेशीसँग छलफल गरेको र सुझाव लिएको तथा विदेशीले फन्डिङ गरेको समेत आरोप लगाएपछि रावलले निधिलाई विदेशीले फन्डिङ गरेको प्रमाण देखाउन चुनौति दिए । यही विषयलाई लिएर निधि र रावलबीच हात हालाहालको स्थिति देखा पर्न थालेपछि प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेताहरुले हस्तक्षेप गरेर वातावरणलाई शान्त बनाउने प्रयास गरेका थिए
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment