![]() |
चर्चित पत्रिका द इकोनोमिक्स टाइम्सले भारत सरकार एक उच्च अधिकारीलाई उद्धृत गर्दै नेपालले भारतीय आसय बुझेमा भारतीय राष्ट्रपतिको भ्रमण हुनसक्ने र त्यसले सम्बन्ध सुधार हुने उल्लेख गरेको छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी भएको वर्षगाँठमा भारतीय राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन चाहेको र नेपालमा मधेशीहरुको माग बमोजिम संविधान सम्बोधन भएमा प्रणव मुखर्जी नेपाल आउन सक्ने समाचारमा जनाइएको छ ।
१९ वर्ष यता भारतका कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् । प्रणव मुखर्जी नेपाल आएमा उनी सन् १९९७ पछि नेपाल आउने पहिलो भारतीय राष्ट्रपति बन्नेछन् । आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना रहेको छ । उक्त भ्रमण अघि नै भारतबाट उच्चस्तरीय भ्रमण गराउने पक्षमा भारत छ ।
![]() |


0 comments:
Post a Comment