var adfly_advert = 'banner';

महरा चीन पुगे, तर निधी यसकारण भारत जान सकेनन्



उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको अझै टुँगो लागेको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष दुतको रुपमा दुई उपप्रधानमन्त्रीलाई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेका थिए । उनको निर्णय अनुसार उपप्रधान् एवम् अर्थमन्त्री कृष्णबहादुर महरा आजै चीन प्रस्थान गरिसकेका छन् तर मन्त्री निधिको भने अझैसम्म भ्रमणको टुँगो लागेको छैन् ।

भारत भ्रमणमा जानुपुर्व मन्त्री निधिले आफ्नो तर्फबाट व्यापक गृहकार्य थालेका छन् । हुन त निधि आजभोलि नै भारत जाने तयारीमा जुटेका थिए तर भारतले यतिवेला ७० औं स्वतन्त्रता दिवस मनाईरहेको छ । भारतमा यतिवेला प्रधानमन्त्रीदेखि अन्य शीर्ष नेताहरु स्वतन्त्रता दिवसमा व्यस्त रहने हुँदा निधिले आफ्नो भ्रमण कार्यतालिका हेरफेर गरेको हुनसक्छ ।

यसपटक निधिले ओली सरकारमा बिग्रिएको नेपाल–भारत सम्बन्धलाई सन्तुलनमा ल्याउने, मधेशी मोर्चाको मुद्दा सम्बोधनबारे विफ्रिंग गर्ने लगायतका एजेण्डाहरु बोकेर नयाँ दिल्ली जाने भएका छन् । भारत जानुपुर्व निधिले नेपालका लागि भारतीय राजदुत रञ्जित रायसँग समेत छलफल गरेका छन् ।

भ्रमण कसरी सफल बनाउने भन्नेबारेमा मन्त्री निधि र राजदुत रायवीच छलफल भएको स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार मन्त्री निधि सम्भवतः मंगलबारदेखि शुक्रबारसम्म भारत जाने निश्चित छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment