var adfly_advert = 'banner';

कति इञ्चको टिभी ल्याउँदा भन्सार महसुल रकम र सेवा शुल्क गरी ठ्याक्कै कति तिर्नुपर्छ, सूचि हेर्नुस्

विदेशबाट फर्केकाले ल्याउने टिभीमा कति कर तिर्नुपर्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ’ शीर्षकको ब्लग धेरैले चासोका साथ पढे। यो पढेर अझै पनि केहीलाई अन्यौल भएको जस्तो लागेकोले कति इञ्चको टिभी ल्याउँदा ठ्याक्कै कति तिर्नुपर्ने हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै जानकारी यहाँ राखेको छु। यो पढेपछि केही अन्यौल नरहला। टिभी जुनसुकै प्रकारको (LCD, LED, PLAZMA) भए पनि इन्च गनेर भन्सार महसुल लिइन्छ भने भन्सार सेवा शुल्कका रुपमा थप ५६५ रुपैयाँ तिर्नुपर्छ। वैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिकले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अर्थात् उनीहरुले सुको तिर्नुपर्दैन। यसका लागि तपाईँले आफू विदेशमा बसेको अवधि खुल्ने गरी आफ्नो नाम, पासपोर्ट नम्बर र ठेगाना अनि पासपोर्टमा उल्लेख भएको विदेशमा गएको र आएको समय आदिको विवरण भन्सार कार्यालयमा अभिलेखको लागि भरेर दिनुपर्छ। अरुका लागि भने दुई किसिमको क्राइटेरिया छ- छ महिनासम्म विदेशमा बसेर फर्केको र छ महिनाभन्दा बढी विदेशमा बसेर फर्केको। बढी विदेशमा बसेर फर्केकालाई अलि डिस्काउन्ट छ इन्चमा ५० रुपैयाँ। भित्र क्लिक गरी हेर्नुस् कति इञ्चको टिभीको कति रकम तिर्नुपर्ने हो?




यो सूचि अनुसार बायाँ पट्टी छ महिनासम्म विदेशमा बसेकाहरुका लागि र दायाँ पट्टी छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। उदाहरणका लागि १४ इञ्चको टिभी हो भने छ महिनासम्म विदेशमा बसेकाले प्रति इञ्च २०० रुपैयाँका दरले भन्सार महसूल २८ सय र भन्सार सेवा शुल्क ५६५ गरी कूल ३ हजार ३६५ तिर्नुपर्‍यो। अनि छ महिनाभन्दा बढी बस्नेले प्रति इञ्च १५० रुपैयाँका दरले भन्सार महसूल २१०० र भन्सार सेवा शुल्क ५६५ गरी कूल २ हजार ६६५ रुपैयाँ तिरे पुग्ने भयो।

यसै अनुसार इञ्चैपिच्छेको रकम हेर्दै जानुस्। ५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment