var adfly_advert = 'banner';

महराले स्थिरताको कुरा गर्दा चिनयाँ विदेशमन्त्रीको हाँसो -



काठमाडौं । सरकार परिवर्तन भएर मन्त्रिपरिषद्ले पुर्णता समेत नपाउँदै सरकारले विशेष दुतका रुपमा उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरालाई चीन पठायो । अर्को उपप्रधानमन्त्री भारत जाने तयारीमा छन् ।

चीन पुगेका महराले उच्चस्तरीय भेटवार्ता समेत थालेका छन् । मन्त्री महराले मंगलबार चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । करिब एक घण्टा भएको भेटवार्तामा महराले आफूहरु नेपालमा राजनीतिक स्थिरताको पक्षमा रहेको बताउँदा परराष्ट्रमन्त्री वाङ व्यङ्ग्यात्मक रुपमा मुस्कुराएका थिए ।

मंगलबार चिनियाँ परराष्ट्रमन्त्रालयमा दुई मन्त्रीबीच एक घन्टा कुराकानी भएको थियो । मन्त्री महराले चिनियाँ पक्षलाई नेपालमा भएको सरकार परिवर्तको औचित्य बताएका थिए ।

उनले पुरानो सरकारलाई जस्तै विश्वास र सहयोग गर्न चीनलाई आग्रह गरेका छन् । महराले नयाँ सरकार चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको र यसमा चीन विश्वस्त हुन आग्रह गरे ।

मन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र परराष्ट्रमन्त्री वाङमार्फत हस्तान्तरण गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्र पनि वाङमार्फत हस्तान्तरण गरेका हुन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले महरालाई स्वागत गर्दै नेपालको नयाँ संविधान कार्यान्वयन हुने र स्थिरता हुने आशा व्यक्त गरेका थिए ।

परराष्ट्र मन्त्रालयमा एक घन्टा भएको छलफलपछि चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा दिवाभोजको आयोजना गरेका थिए । महराले भोलि पनि उच्चस्तरीय भेटवार्ता गर्ने छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment