var adfly_advert = 'banner';

दिल्लीबाट काठमाण्डु ओर्लनासाथ निधिले दिए यस्तो प्रतिक्रिया



उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् ।



पाँच दिने भारत भ्रमण सकेर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै निधिले आफ्नो भ्रमणले भारतसँगको सम्बन्ध सुध्रिएको बताए ।

भारतसँग केही समय पहिला देखिएको उतावचढाव सबै अन्त्य भएको बताउँदै उनले भने, ‘मेरो भ्रमम निकै फलदायी रह्यो । भारतले पनि महत्वका साथ लियो र उच्च सम्मान दियो । अब नेपाल र भारतबीचको सम्बन्ध सुध्रिएको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रूपमा बिहीबार भारत भ्रमणमा गएका निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाह, भारतीय पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंह लगायतका सँग भेट गरेका थिए ।

साथै उनको भ्रमणले प्रधानमन्त्री भदौ ३० गते भारत भ्रमणमा जाने समय समेत तोकिएको छ ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment