![]() |
पार्टीको तर्फबाट आइतबार मन्त्रीको शपथ लिएका नेताहरुमा मधेशी कोटाबाट परेपनि जनजाति, महिलालगायतलाई समेटिएको छैन । यसअघि दलितबाट दलजित श्रीपालीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएपनि आइतबार शपथ गराइएका मन्त्रीहरुमा माओवादीले समावेशी र समानुपातिकलाई ध्यान नदिएपछि पार्टीभित्रै असन्तुष्टि बढेको छ ।
८ वटा मन्त्रालय भागमा परेको माओवादीले बाँकी रहेका पाँच जनाले आइतबार शपथ लिएका हुन् । मधेशको प्रतिनिधित्व गर्दै अजय शंकर नायकले कानुन मन्त्रालयको जिम्मेवारी पाएका हुन् भने जनार्दन शर्माले ऊर्जा, सुरेन्द्र कुमार कार्कीले सञ्चार र हितराज पाण्डेले स्थानीय विकासमन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् । यस्तै धनिराम (डीआर) पौडेलले भने विना विभागिय मन्त्रीको रुपमा शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालयमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
माओवादी नेता साहको विश्लेषण– मन्त्रिपरिषद् विस्तारले मुलुकप्रति अशुभ संकेत
यसअघि माओवादीबाट तीन जना कृष्णबहादुर महराले उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी लिएका थिए भने दलजित श्रीपालीले युव तथा खेलकुद र गौरीशंकर चौधरीले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अब प्रधानमन्त्री प्रचण्ड सहित वर्तमान सरकारमा माओवादीको आठ जना मन्त्री भएका छन् ।
पार्टीबाट नौजनाले मन्त्रिपरिषद्मा प्रतिनिधित्व जनाउँदा पनि महिला, जनजातिलगायतलाई माओवादीले स्थान दिएको छैन । मधेश कोटाबाट प्रभु साहलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भनिएपनि उनले स्थानीय विकास मन्त्रालय मागेपछि नायकलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
लामो समयसम्म डा. बाबुराम भट्टराई प्यालनमा रहेका साह भट्टराईले पार्टी छाडेपछि प्रचण्डलाई साथ दिँदै आएका थिए । तर, मन्त्री नबनाइएपछि साह असन्तुष्ट रहेका छन् ।
![]() |

0 comments:
Post a Comment