var adfly_advert = 'banner';

संसारै एक पारिसक्दा पनि नेपाल फर्कने प्रक्रिया झन् झन जटिल भएको देख्दा दिक्क लागेको छ ।आखिर हामीले कसैको केही बिगारेका थिएनौ।



संसारै एक पारिसक्दा पनि नेपाल फर्कने प्रक्रिया झन् झन जटिल भएको देख्दा दिक्क लागेको छ ।आखिर हामीले कसैको केही बिगारेका थिएनौ।

बिगतमा जेजे भएपनि हामि अब परिवार एक भै शान्तिमा नेपालमै बस्न चाहन्छौं ।
हाल सम्म यहाँहरुको सहयोग बाटै बिवाह सम्म गर्न सकेका छौ ।जे होस् परिवार मिलन गराइदिनु भएकोमा सबैमा आभारी छौं ।
अब नेपाल फर्कने प्रक्रिया भने ठुलै पहाड बनेर उभिएको छ। नेपालमा चितवन पुगेर आबश्यक
कागजात बनाई मामा सहित फिलिपिन्स आएर यहाँ पनि आबश्यक कागजात बनाउँदा लाखौ खर्च भैसकेको छ । नेपालमा आमा र बहिनी पनि
एक जोर कपडा लगाएरै चितवन बाट बिश्थापित भएका छन्। खर्च त्यता पनि छ ।बाहिर निस्केर काम गर्ने अवस्था छैन ,लुकेरै बस्नु परेको छ भने फिलिपिन्समा पनि जोयाका बाबु र आमा हाम्रै काममा रातदिन दौडीरहनु परेकोले
९ जनाको परिवार खर्च बेहोर्नु परेको छ भने हामी आउनु अघि जोयाको घर मर्मतमा पनि अलि कति खर्च भयो घर देखिहाल्नु भो , मर्मत गरे पछी पनि
कुन हालतको छ भनेर ।अझ जोया, मिगेल , एरिक र मामा पालैपालो बिमार परेकोले त्यता चिन्ता र खर्च दुवै थपिएको थियो ।
आजसम्म यहाँहरुको मायाँ र सहयोगले बाँच्दै नेपाल फर्किने आशामा दिनरात लागेका छौ ।अझै केहि समयको लागि तपाईहरु सम्पूर्ण बाट मायाँ र सहयोगको अपेक्षा गरेका छौ ।
तपाइँहरुको गुनको बदला त कसरी तिर्न सकुँला र असल नागरिक बनेर समाज सेवामै लाग्ने बाचा भने गर्दछौं ।
धन्यवाद, यहाँहरुलाई दशैको सुभकामना र अन्य सबैलाई पनि happy holyday !
#jiwanzoya

-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment