var adfly_advert = 'banner';

पाकिस्तानलाई जवाफ दिन भारतीय सेनाले मोदीसँग माग्यो यस्तो अनुमति मोदीले ओके भने सेना तयार!!!!!






भारतीय सेनाले पाकिस्तान प्रशासित कश्मिर क्षेत्रमा गरिएको भनिएको सर्जिकल स्ट्राइकको भिडियो जारी गर्ने अनुमति मागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयलाई ९० मिनेटको भिडियो बुझाउँदै यो सार्वजनिक अन्तिम अनुमति प्रधानमन्त्री कार्यालयसँग मागेको बताइएको छ ।

भारतले पाकिस्तानी भूमिमा पसेर गरेको भनिएको सर्जिकल स्ट्राइकबारे भारत र पाकिस्तानबीच जुहारी चलिरहेको छ । भारतले सर्जिकल स्ट्राइकमा ४० आतंकबादी मारेको दावी गरेको छ भने पाकिस्तानले भने सर्जिकल स्ट्राइक केवल प्रोपोगाण्ड भएको बताइरहेको छ । राष्ट्रसंघले समेत भारतीय सर्जिकल स्ट्राइकको पुष्टि गर्न नसकिने बताइसकेको छ ।

भारतको इकोनोमिक टाइम्सका अनुसार सेनाले पाकिस्तानलाई जवाफ दिन ९० मिनेटको भिडियो जारी गर्ने तयारी गरेको हो । भारतमै पनि विपक्षी दलहरुले सर्जिकल स्ट्राइकको भिडियो प्रमाण माग गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्जिकल स्ट्राइक गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका थिए । तर उनले सर्जिकल स्ट्राइक नभएको दावी गर्ने पाकिस्तानलाई जवाफ दिन सुझाव दिएका थिए ।

प्रधानमन्त्री कार्यालयले अन्तिम अनुमति दिएमा भारतीय सेनाले गरेको भनिएको सर्जिकल स्ट्राइकको बहुप्रतिक्षित भिडियो सार्वजनिक हुनेछ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment