![]() |
– निशानदाजु भट्टराई
घोराही, २० असोज । आज विहिवार दिउसो १ बजेको थियो । मध्यपश्चिम प्रहरी वोर्डिङ घोराहीमा कार्यरत एक जना प्रहरी जवान पैसा नेपाल बैँक घोराहीमा जम्मा गर्नका लागि पुगेका थिए । दशैको मौसममा बैँकमा पैसा झिक्न र राख्नका लागि ठूलो मात्रामा भिड भइरहेको बेला उनले आफूले लिएर गएको ५० हजार रुपैया जम्मा गर्नका लागि भौचर भर्न लागे । आफ्नो छेउमै झोलामा रहेको ५० हजार राखेर उनले सो रकमको भौचर भर्न लागेका थिए । तर, उनले भौचर भरी नभ्याउदै छिनभरमै उनले लगेर गएको पैसा बैकबाटै चोरी भयो ।
जम्मा गर्नका लागि छेउमै रहेको ५० हजारको रकम उनको एकाएक हरायो । उनी पैसा हराएपछि रातो, पिरो भए । केही समयसम्म पनि उनको छेउबाट हराएको सो रकम कसले र कहाँ लगेर गयो पत्ता लगाउनै प्रहरीलाई हम्मे हम्मे भयो । छेउमा रहेको पैसा एकाएक झुक्याएर लग्दा पनि उनले सुइकोसमेत पाएनन् । प्रहरीले खोजतलास जारी राख्यो । पैसा चोरी भएको केही घण्टापछि पैसा झुक्याएर लग्ने एक महीलालाई प्रहरीले समात्न सफल भयो । बैँकमा लगाईएको सिसि क्यामेराको सहायतामा प्रहरीले दाङको सरकारी कार्यालयमा कार्यरत महिला कर्मचारीलाई अहिले नियन्त्रणमा लिएको छ ।
चोरी केशमा पक्राउ पर्ने ति महिला हुन जिल्ला जनस्वास्थ्य कार्यालय दाङकी रेखा शर्मा । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान जारी राखेको छ । ‘हाम्रै प्रहरी जवान नेपाल बैँकमा पैसा जम्मा गर्न गएका थिए, जम्मा गर्नका लागि भौचर भर्दै गर्दा महिलाले झुक्याएर पैसा लगेको भेटिएको छ– जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिहले बताउनुभयो ।
उहाँले घटनाकोे प्रारम्भिक अनुसन्धानवाट पैसा चोरी गर्ने महिला जनस्वास्थ्य कार्यालयमा कार्यरत भएको खुल्न आएको जानकारी दिनु भयो ।
‘बैँकमा जडान गरीएको सिसिटिभिमा फुटेज हेर्दा महिलाले पैसा लगेको देखियो, सोही फुटेजका आधारा अनुसन्धान गर्दै जादा चोरी गर्ने महिलालाई पक्राउ गर्न प्रहरी सफल भएको हो’ – उहाँले भन्नुभयो ।
वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने महिलालाई पक्राउ गरेको प्रहरी निरीक्षक सूर्य थापाले जनाउनु भएको छ ।
![]() |


0 comments:
Post a Comment