var adfly_advert = 'banner';

यस्तो मन्दिर जहाँ श्रद्धालुहरु हतकडी चढाउँछन्



नवरातिको चलिरहेका बेला श्रद्धाञ्जुलहरुले देवी भगवतीलाई अनेकन फलफूल, प्रसाद, नरिवल, सिन्दूर, मेहंदी, चुरा,पोते, चढाउने गरेका छन्।

तर एउटा यस्तो मन्दिर जहाँ देवी भगवतीलाई हतकडी चढाउँछन् श्रद्धालु र भक्तजनले किनकी मन्दिरमा हतकडि चढाएमा देवी खुसी भएर
प्रहरीको हतकडीबाट बच्‍न सकिने स्थानीयमो विश्वास रहि आएको छ।

भारतको प्रतापगढ जिल्लास्थित जोलर ग्राम पंचायतमा दिवाक देवीको मन्दिर रहेको छ। यो मन्दिर घना जंगलको बीचमा अवस्थित छ। पहाडमा रहेको यो मन्दिरमा श्रद्धालुहरु पैदल नै जाने गरेका छन्। दिवाक देवीप्रति यति श्रद्धाञ्जली छ की यहाँका मानिसहरु रुखलाई कहिल्यै काट्ने गरेका छैनन्।



यो देवीको दर्शनको लागिम मानिसहरु धेरै टाढा टाढाबाट आउने गरेका छन्। दर्शन गर्न आउने अधिकांश श्रद्धालुले हतकडी र नेल बोकेर आउने गरेका छन्। यस्तै उनीहरुले त्रिशुल पनि चढाउने गरेका छन्।यो इतिहास करीब २ सय वर्ष पहिलेदेखि नै सुरु भएको पाइन्छ।

यो मन्दिरमा हतकडी आफै खुल्‍ने जनविश्वास रहि आएको छ। बताइए अनुसार यो अञ्चलमा कुख्यात डाकूको बोलबाला थियो। डाकाहरुले यहाँ मनको कुरा राख्दा पुरा हुने भएकाले उनीहरु हतकडी ल्याउँदा देवीको शक्तिले आफै खुल्‍ने गरेको विश्वास छ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment