var adfly_advert = 'banner';

एक युवकको हत्या गरी माटोमा गाडिएको अबस्थामा फेला



बाँकेमा एक युवा हत्या गरी माटोमुनी गाडेर फालेको अबस्थामा फेला परेका छन् ।



नौवस्ता–७ सुतैंयामा सोही ठाउँका १७ बर्षीय सुभास शाहीलाई छातीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर माटोमा गाडेको अवस्थामा फेला पारिएका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।



गएको १७ गते सुतैंयामा भएको एउटा विवाह पार्टीमा समान्य झगडा हुँदा ति युवाको हत्या गरिएको खुलेको र घटनामा संलग्न दुई जना नौवस्ताकै दिनेश महत र नन्द बहादुर पुन फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुरेश प्रसाद काफ्लेले बताए ।



अरु आठजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लगिएको र शवलाई पोष्टमार्टनका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment