![]() |
कसिला लुगा लगाउदाका बेफाइदा
नसा दबिनेः कसिला जिन्स पाइन्टले नशाको रक्त प्रवाहमा असर गर्ने भएकोले महिलाको तिग्रामा पीडा बढाउँछ । विशेष गरी महिलाको पेल्भिक क्षेत्रमा यसले असर गर्छ । कसिलो लुगाले तिग्राको वरपर र पछाडिको भागमा भतभती पोल्छ । यसले नशामा समेत असर गर्छ ।
स्पाइन र माशंपेशीमा असन्तुलन
टाइट पाइन्ट र स्कर्टले मांशपेशी र जोर्नीमा असर गर्छ । सामान्यतया केही समय झुक्दा र बस्दा कसिलो पाइन्टले असर नदेखिन सक्छ । तर लामो समयसम्म यस्ता लुगा लगाई हिँडडुल गर्दा दीर्घकालिन रुपमा नै हिपलाई असर गर्न सक्छ । एक जर्मन अध्ययन अनुसार कसिलो ट्राउजर अग्ला हिलले जोनीसम्बन्धि रोग लाग्ने गर्छ ।
घाँटीमा दुखाई
पुरुषले लगाउने कसिलो घाँटीको टाईले लामो समयसम्म घाटीमा दुखाई हुनेदेखि मांशपेशीका नशा दुख्ने गर्छ । ब्रोजिक इट अलले गरेको एक अध्ययन अनुसार कसिलो घाटीले आँखा दुख्नुका साथै ग्लुकोमा रोग लाग्ने गर्छ । लामो समयसम्म कसिलो टाइ लगाउनेमा घाटी वरपरको नसामा बढी संवेदना बढाउँछ ।
![]() |

0 comments:
Post a Comment