var adfly_advert = 'banner';

सैफको प्रपोजलाई दुई पटक अस्विकार गरेकी थिईन् करिनाले



बलिउडमा अभिनेत्री करीना कपुर र सैफ अलि खानको रिल र रियल जोडिको चर्चा पनि धेरै नै हुने गर्छ । अभिनेत्री करीनाले अभिनेता सैफको दुई पटकको प्रपोजलाई रिजेक्ट गरेकी खुलासा गरेकी छिन् ।
सैफ अलि खानले पेरिसमा करिनालाई दुई पटक प्रपोज गरेका थिए, जहाँ सैफमा आमा बुबा पनि उपस्थित थिए । एक टिभी शोको दौरानमा अभिनेत्री करीनाले बोल्दै सैफले पेरीसमा गरेको दुवै पटकको प्रपोजलाई रिजेक्ट गरेकी बताउँछिन् । करिनालाई प्रपोज गर्दा सैफ भने दुवै पटक कुर्सीमा बसेका थिएनन् । त्यहि कारणले करीनाले सैफको प्रपोजलाई रीजेक्ट गरेकी खुलासा गरिन् ।


त्यस्तै पेरीसको सोहि अवसरमै सैफले करीनाको होटलमै पुगेर पनि करीनालाई प्रपोज गरेका थिए । करीनालाई पेरीसको एक होटलमा प्रपोज गरेको दुई दिन पश्चात मात्र करीनाले सैफलाई जीवन साथि बन्नलाई स्विकार गरेकी बताएकी छिन् । अहिले उनिहरुको बैबाहिक सम्बन्ध राम्रै चलिरहेको छ । उनिहरुको जीवनमा यहि डिसेम्बरमा नयाँ बच्चाको अगमन हुँदैछ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment